नेकपामा विवाद कायमै,सहमति जुटाउन ओली–प्रचण्डको दौडधुप

विदुर खबर २०७७ असार २२ गते ८:५९

नुवाकोट । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच आइतबार भएको वार्तामा सहमति जुट्न सकेन ।

Advertisement

अध्यक्षद्वय ओली र प्रचण्डको आ–आफ्नै अडानका कारण सहमति जुट्न नसकेको हो ।पार्टी विभाजन हुन नसक्ने अध्यक्ष ओलीको अभिव्यक्तिपछि नेकपाभित्र तरङ्ग पैदा गरेको छ । शीर्ष नेताबीच दौडधुप चलिरहेको बेला आइतबार दुई अध्यक्षबीच प्रधानमन्त्री निवास बालुवाटारमा वार्ता भएको हो । आफ्ना पक्षमा दुईदुई जना नेता पनि सँगै राखेर प्रधानमन्त्री निवास बालुवाटारमा उहाँहरुले आइतबार झन्डै डेढ घन्टा छलफल गर्नुभएको थियो । छलफलमा प्रधानमन्त्री ओलीका तर्फबाट उहाँ निकट महासचिव विष्णु पौडेल र प्रदेश नम्बर ५ का मुख्यमन्त्रीसमेत रहनुभएका स्थायी समिति सदस्य शंकर पोखरेल सहभागी थिए ।

त्यसैगरी प्रचण्डसँगै ऊर्जा मन्त्रीसमेत रहेका स्थायी समिति सदस्य वर्षमान पुन र जनार्दन शर्मा छलफलमा सहभागी भएका थिए । छलफलबाट ओली र प्रचण्ड उठे पनि दुवै पक्षका चार नेता भने बालुवाटारमा लामो छलफल गरेका थिए ।

Advertisement

प्रतिक्रिया