तारकेश्वर गाउँपालिकामा ६ जना कोरोना संक्रमित थपिए, नुवाकोटमा संक्रमितको संख्या २३ पुग्यो

विदुर खबर २०७७ असार १३ गते १६:४६

विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
तारकेश्वर गाउँपालिकाका ६ जना पुरुषहरुमा कोरोनाको संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिकाका ६,१९,२०?२५,२९ र ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा रहेको कार्यालये जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटका १२ स्थानियतहमध्ये विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका,ककनी गाउँपालिका ,म्यागङ गाउँपालिका ,तारकेश्वर गाउँपालिका ,तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकासहित ८ स्थानिय तहका कोरोना संक्रमित भेटिएको छ ।

अहिले त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा १० जना, तादी गाउँपालिकाको खरानीटार अस्पतालमा ३ जना र टेकु अस्पतालमा एक जना उपचार गराइरहेका छन् ।  नुवाकोटका ९ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

Advertisement

प्रतिक्रिया