तारकेश्वर गाउँपालिकामा ६ जना कोरोना संक्रमित थपिए, नुवाकोटमा संक्रमितको संख्या २३ पुग्यो
विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या २३ पुगेको छ ।
तारकेश्वर गाउँपालिकाका ६ जना पुरुषहरुमा कोरोनाको संक्रमण देखिएसँगै जिल्लामा संक्रमितको संख्या २३ पुगेको हो ।
स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार तारकेश्वर गाउँपालिकाका ६,१९,२०?२५,२९ र ४५ वर्षका पुरुषमा कोरोना संक्रमण देखिएको हो । संक्रमितहरु त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा रहेको कार्यालये जनाएको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म नुवाकोटका १२ स्थानियतहमध्ये विदुर नगरपालिका,वेलकोटगढी नगरपालिका,ककनी गाउँपालिका ,म्यागङ गाउँपालिका ,तारकेश्वर गाउँपालिका ,तादी गाउँपालिका र दुप्चेश्वर गाउँपालिकासहित ८ स्थानिय तहका कोरोना संक्रमित भेटिएको छ ।
अहिले त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा १० जना, तादी गाउँपालिकाको खरानीटार अस्पतालमा ३ जना र टेकु अस्पतालमा एक जना उपचार गराइरहेका छन् । नुवाकोटका ९ जना कोरोना निको भएर घर फर्किएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया