नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुग्यो,बेलकोटगढीमा एक जना थपिए
विदुर खबर
२०७७ असार १२ गते १७:४९

विदुर । नुवाकोटमा कोरोना संक्रमितको संख्या १७ पुगेको छ ।
वेलकोटगढी नगरपालिकाको एक ४२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएसँगै नुवाकोटमा कोरोना संक्रमीतको संख्या १७ पुगेको हो । कुवेतबाट स्वदेश फर्किएका उनमा कोरोना पोजेटिभ देखिएको हो । स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार रााष्ट्रिय प्रयोगशाला टेकुमा उनको पिसिआर परिक्षण गर्दा उनमा संक्रमण देखिएको हो । उनलाई अहिले काठमाण्डौको टेकुस्थित शुक्रराज ट्रपिकल अस्पतालको आइसोलेनस वार्डमा राखिएको छ ।
त्यस्तै नुवाकोटको त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा ४ जना, तादी गाउँपालिकाको खरानीटारमा ३ जना उपचाररत छन् । त्यस्तै नुवाकोटमा ९ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।
सम्बन्धित
प्रतिक्रिया