एमसीसीको विरोधमा नुवाकोटमा प्रर्दशन

विदुर खबर २०७७ असार ११ गते २१:५८

नुवाकोट। नुवाकोटका विद्यार्थीहरु अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौताको विरोधमा सडक आन्दोलनमा उत्रिएका छन् ।

Advertisement

सरकारको नेतृत्व गरिरहेको पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियु सहित नेपाली काँग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ लगायतका अन्य विद्यार्थीहरुले एमसीसी नेपालको हितमा नरहेको भन्दै र यसको खारेजीको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । देशभक्त नागरिक आन्दोलनको नाम दिइएको विद्यार्थीहरुको संयुक्त संघर्षको आज जिल्ला सदरमुकाम विदुरको लोकतान्त्रिक चोकबाट थालनी गरिएको छ । राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, एमसीसी सम्झौता खारेज गरौँ भन्ने नाराका साथ सुरु गरिएको आन्दोलन एमसीसी खारेज नभएसम्म निरन्तर जारी रहने विद्यार्थीहरुले चेतावनी दिएका छन् ।

राज्यले आफ्नै मुलुकमा खबौँ भन्दा माथिको राजस्व असुल गर्नपनि आनाकानी गरिरहेको तर, एमसीसीको ५५ अर्ब रकम संसदबाट पारित गराउन मरिहत्ते गरिरहनु दुर्भाग्यपूर्ण भएको देशभक्त विद्यार्थी संयुक्त आन्दोलनका अगुवा तथा अनेरास्ववियुका नेता विनोद कोइरालाले बताए । नेपालको राष्ट्रियता नै जोखिममा पर्नसक्नेतर्फ सबैलाई गम्भिर बन्न उनले आग्रहसमेत गरेका छन् ।

Advertisement

 

 

Advertisement

 

प्रतिक्रिया