काँग्रेस बेलकोटगढी ईकाईद्दारा जनतालाई अनुभुति हुनेगरी वजेट निर्माण गर्न माग
विदुर । नेपाली काँग्रेसले नगरपालिकामा हुने हरेक कार्यक्रम नागरिकमुखी र बिकासको बास्तविक अनुभूति हुनेगरी बजेट निर्माण गर्न बेलकोटगढी नगरपालिकासंग माग गरेको छ ।
नेपाली काँग्रेसको निर्वाचन क्षेत्र नम्वर २ , प्रदेशसभा ‘क’ प्रदेश समिति र बेलकोटगढी नगर ईकाईले सोमबार नगरपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षणपत्र बुझाउँदै बिकासको नाममा प्राकृतिक स्रोतहरुको दोहन गर्ने प्रबृत्तीको अन्त्य गरिनुपर्ने माग गरेको छ । बालबिकास सहयोगी र बिद्यालय कर्मचारीहरुलाई श्रम ऐन अनुसार पारिश्रमिक उपलब्ध गराईनुपर्ने, क्वारेन्टाईनमा बसेकाहरु सबैको पिसिआर परीक्षण गर्नुपर्ने माग समेत गरेको छ ।
काँग्रेसका प्रदेश सभापति यादवराज नेपाल र नगर सभापति गोकुलप्रसाद दहालद्वारा हस्ताक्षरित ११ बुँदे ध्यानाकर्षणपत्रमा नगरपालिकाभित्र बेथितीहरु बढ्दै गएको र नागरिकमा स्थानीय सरकारप्रतिको बिश्वास घट्दै गएकाले पार्टी भन्दा माथि उठेर नगर बिकासमा केन्द्रीत रहन आग्रह समेत गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वर्गीय नन्द कुमारीको स्मृतिमा भूमेदेवीलाई सहयोग
बागमती प्रदेशको बजेट खर्च निराशाजनक
शेरा दरबारको हडपिएको १६४ रोपनी जग्गा फिर्ता गराउन खोज्दा धम्की
नुवाकोटमा यू–१४ फुटबल प्रतियोगिता सुरु हुँदै
बट्टारबाट लागुऔषध सहित २ जना पक्राउ





प्रतिक्रिया