रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमित भेटिए

विदुर खबर २०७७ असार ८ गते १७:५९

Advertisement

नुवाकोट । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार रसुवाबाहेक सबै जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

मन्त्रालयका अनुसार आज थप ५३५ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । यससँगै कुल संक्रमितको संख्या ९५०० नाघेको छ । पछिल्लो पटक आज ओखलढुंगाका एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।यससँगै कुल संक्रमितको संख्या ९५६१ पुगेको छ । उनीहरूमध्ये २३ जनाको मृत्यु भएको छ भने २१४२ डिस्चार्ज भएका छन् ।

Advertisement

अहिले पनि देशभरका क्वारेन्टिनमा ९० हजार ७३० जना छन् । यस्तै हालसम्म एक लाख ८१ हजार २७१ नमुनाको आरटी सीपीआर टेस्ट गरिएको छ भने २ लाख ६८ हजार १०३ ¥यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया