नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार नाघ्यो

विदुर खबर २०७७ असार ७ गते २१:३२

नुवाकोट । आज आइतबार एकै दिन ४२१ जनामा कोरोना पुष्टि भएको छ ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका अनुसार पछिल्लो २४ घण्टामा थप ४२१ जनामा संक्रमण पुष्टि भएको हो । देशका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा थप ४२१ जनामा कोरोना पुष्टि भएको हो । जस मध्ये ६४ महिला र ३५७ पुरुष रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ हजार २६ पुगेको छ ।

मन्त्रालयका अनुसार हालसम्म १ हजार ७ सय ७२ जना डिस्चार्ज भएका छन् । हालसम्म ७५ जिल्लामा संक्रमण पुगेको छ ।

Advertisement

प्रतिक्रिया