नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुग्यो

विदुर खबर २०७७ असार ७ गते २१:१०

नुवाकोट । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३ पुगेको छ । गुल्मी छत्रकोट ५ मैनडाँडाका ६९ वर्षिय पुरुषको कोरोनाका कारण मृत्यु भएको हो।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार ती पुरुष प्यारालाइसिस उपचारका लागि भारत गएको र जेष्ठ २५ गते नेपाल आएका थिए। उनी घरमा क्वारेन्टाईनमा रहेका थिए। उनको असार ५ गते आफ्नै निवासमा नै मृत्यु भएको हो। साेहि दिन उनको नमुना संकलन गरेर भैरहवा प्रयोगशालामा कोरोना परीक्षणका लागि पठाइएको थियो र असार ६ गते उनमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

सोहि दिन नेपाली सेनाले उनको अन्त्येष्टि गरेका थिए। योसँगै नेपालमा कोरोना संक्रमणका कारण निधन हुनेको संख्या २३ पुगेको छ।

Advertisement

 

प्रतिक्रिया