ककनी-त्रिशुली सडकमा ठेकेदारविरुद्द प्रर्दशन

विदुर खबर २०७७ असार ५ गते २२:०८

ककनी । नेपाली कांग्रेस गाउँ कार्यसमिति ककनीले शुक्रबार ककनी हुदै त्रिशुली पुग्ने सडक ठेकेदारको लापरबाहीले बेलैमा नबनाएको भन्दै आन्दोलनका कार्यक्रम अगाडि बढाएको छ ।

Advertisement

ठेकेदारको लापरबाहीले जनताले दुःख पाएको भन्दै नारा जुलुस प्रदर्शन गरेका थिए । ककनी गाउँपालिकास्थित रानीपौवामा आन्दोलनको कोणसभालाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष मानबहादुर लामाले यो बाटोमा ठेकेदारको लापरबाहीले काम अगाडि नबढेको आरोप लगाएका छन् । उनले यो बर्षातभरि यातायात सुचारु गर्न गाउँपालिकाले लेभर र जेसीबी उपलब्ध गराउने प्रतिवद्धता जनाए ।

‘यो सडकमा ग्राभेल ओछ्याउन पाए बाटो राम्रै हुन्छ भन्ने आशा लिएको छु ’, अध्यक्ष लामाले भने । ‘यो बाटोको बारे मलागयत नुवाकोटका सांसदहरुले कुरा उठाए तर प्रचण्डले यसबारे सुनुवाई नगरेको उनले जिकिर गरे । यस बाटोको ठेकेदारलाई प्रचण्डले संरक्षण गरेको उनले आरोप लगाए ।’ यो बाटो सवालमा कहाँ गएर आन्दोलन गर्ने, ढुंगा हान्ने, कहाँ गएर ठेकेदारलाई समाउने यो सब जनता गर्न तयार रहेको छ, उनले भने, ‘यो बाटोमा कम्तिमा पनि मोटरसाइकल हिड्ने वातावरण बनाउनुपर्नेछ ।’

Advertisement

कोणसभालाई सम्बोधन गर्दै सभापति सुपोल तामाङ उर्फ अशोकले बाटोलाई सहजीकरण नगरे अझ शसक्त आन्दोलन अगाडि बढाउने बताए । बाटोलाई सहजीकरण गर्न ठेकेदारको नीजि निवास, सिडिओ कार्यालय र जिल्ला सडक डिभिजन कार्यालयमा गएर आवश्यक कदम चाल्ने निर्णय गरेको सभापति तामाङ उर्फ अशोकले बताए । सडकमा बर्षात अवधिभर हेभी गाडीहरु असार ५ देखि भदौ १ सम्म चल्न नदिने नेपाली कांग्रेस ककनी गाउँपालिकाले सुचना जारी गरिएको थियो ।

सैलुङ कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेका हुन् । कन्स्ट्रक्सनका अध्यक्ष शारदा अधिकारीका घरमा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बस्दै आएका छन् ।

Advertisement

प्रतिक्रिया