नौविसे सुरुङमार्गमा पर्ने गुठी जग्गाको क्षतिपूर्ति दिने सरकारको निर्णय, ५०% मात्रै पाउने

विदुर खबर २०७७ असार ५ गते २१:५७

नुवाकोट । सरकारले नागढुंगा-नौविसे सुरुङमार्गमा पर्ने गुठी जग्गाको क्षतिपूर्ति दिने निर्णय गरेको छ। श्री ५ वायु गुठीका मोहीलाई ५० प्रतिशत क्षतिपूर्ति दिने निर्णय सरकारले गरेको हो।

Advertisement

‘मोहीहरु आफै जग्गा धनी होइन्। जग्गा धनी भएको भए मुआब्जा पाउँथे। जग्गा भोग चलन गरि आएको हुनाले क्षतिपूर्ति स्वरुप मुल्यको ५० प्रतिशत रकम दिन लागिएको हो,’ अर्थ तथा संचार मन्त्री डा.युवराज खतिवडाले भने, ‘जग्गा धनी  प्रमाणपत्र नभएका तर मालपोत कार्यालयमा रहेको श्रेस्ता,फिल्ड बुकका आधारमा त्यस्तो क्षतिपूर्ति उपलब्ध गराउने निर्णय भएको छ।’

गुठीको नाममा रहेका कारण शतप्रतिशत मुआब्जा पाउनुपर्ने उनीहरुले माग राख्दै आएका थिए। गुठी नियम अनुसार मोहीले ३३  प्रतिशत मात्रै मुआब्जा पाउँछन्। कामै सुरु गर्न नदिएपछि आयोजनाले तत्कालै ३३ प्रतिशतले दिने र मन्त्री परिषदमा लगेर टुङग्याउने आश्वासन दिएपछि काम सुरु गर्न दिएका थिए। आयोजना आफैले ५० प्रतिशत क्षतिपूर्ति दिनुपर्ने प्रस्ताव मन्त्रीपरिषदमा पठाएको थियो। आयोजनाले दिएको जानकारी अनुसार धादिङतर्फ करिव १०९ रोपनी जग्गा आयोजनाको सीमाभित्र पर्छ। त्यसमध्ये ४४ रोपनी अधिग्रहण गर्नुपर्नेछ। करिव २५ रोपनी गुठीको जग्गा रहेको छ।

Advertisement

प्रतिक्रिया