कोरोना महामारीमा पनि समाजसेवा तल्लीन गीता अमात्य


घरघरमा पुगेर राहात वितरण गर्दै अमात्य ।
विदुर । नेपाली काङ्ग्रेस नुवाकोटकी नेतृ तथा नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्य कोरोनाको कहरमा समेत समाज सेवामा लागिरहेकी छन ।
आर्थिक अबस्था कम्जोर भएको असहाय ,अशक्त र अपांगताका भएकाहरुका व्यक्तिहरुको लागि उनले विभिन्न सहयोग गरिरहेकी छिन । सरकारले चैत्र ११ देखि लकडाउन घोषणा गरेपछि आर्थिक अवस्थाा कमजोर भएका असहाय गरिवहरुका लागि उनले घरघरमा पुगेर राहात वितरण गरिरहेकी छिन । यसैक्रममा विहिबार तार्केश्वर गापालिका वडा न १ मा रहेका अति बिपन्न,आर्थिक अबस्था कमजोर भएकका र फरक क्षमता भएका २ घरपरिवारलाई प्रति घर दुइ बोरा चामल, दुइ किलो दाल, २ लिटर तेल,२ प्याकेट नुन , ४ प्याकेट साबुन, २ किलो दालमोठ, २ किलो च्यूरा, २ किलो भुजिया, दुइ किलो चिनी, २ प्याकेट चियापत्ति र ५ थान मास्कसहित उनीहरुको घरमै पुगेर राहत उपलब्ध गराएकी हुन ।
उनले आर्थिक अबस्था कमजोर भएका असहाय ,अशक्त अपांगहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न जादा कतिपय ब्यक्तीहरु पिडा बाचिरहेका र राज्यबाट उपलब्ध कतिपय सेवा सुबिधा नपाइरहेको अबस्थामा मन दुख्ने गरेको उनले बताइन । यसअघि उनले व्यक्तिगत खर्चमा यअघि नै २ सय घरपरिवारलाई सहयोग गरिसकेकी छिन ।
अमात्य गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट विदुर नगरपालिकामा उपमेयरकी उम्मेदवार रहेकी थिइन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकोटमा कांग्रेस सभापति गगनलाई १० किलोको माला
इरानको आक्रमणमा परेर यूएईमा एक नेपालीको मृत्यु
आज राति १२ बजेबाट अन्तर्राष्ट्रिय सीमा नाका बन्द हुने
सुरुङदेखि स्याटेलाइट सहरसम्म, सबै योजनामा म आफैं पहल गर्छु : बद्री मैनाली
दुर्गा प्रसाईं फेरि पक्राउ





प्रतिक्रिया