कोरोना महामारीमा पनि समाजसेवा तल्लीन गीता अमात्य

विदुर खबर २०७७ असार ५ गते ९:४८
घरघरमा पुगेर राहात वितरण गर्दै अमात्य ।

 

                                     घरघरमा पुगेर राहात वितरण गर्दै अमात्य ।

Advertisement

विदुर । नेपाली काङ्ग्रेस नुवाकोटकी नेतृ तथा नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष गीता अमात्य कोरोनाको कहरमा समेत समाज सेवामा लागिरहेकी छन ।

आर्थिक अबस्था कम्जोर भएको असहाय ,अशक्त र अपांगताका भएकाहरुका व्यक्तिहरुको लागि उनले विभिन्न सहयोग गरिरहेकी छिन । सरकारले चैत्र ११ देखि लकडाउन घोषणा गरेपछि आर्थिक अवस्थाा कमजोर भएका असहाय गरिवहरुका लागि उनले घरघरमा पुगेर राहात वितरण गरिरहेकी छिन । यसैक्रममा विहिबार  तार्केश्वर गापालिका वडा न १ मा रहेका अति बिपन्न,आर्थिक अबस्था कमजोर भएकका र फरक क्षमता भएका २ घरपरिवारलाई प्रति घर दुइ बोरा चामल, दुइ किलो दाल, २ लिटर तेल,२ प्याकेट नुन , ४ प्याकेट साबुन, २ किलो दालमोठ, २ किलो च्यूरा, २ किलो भुजिया, दुइ किलो चिनी, २ प्याकेट चियापत्ति र ५ थान मास्कसहित उनीहरुको घरमै पुगेर राहत उपलब्ध गराएकी हुन ।

Advertisement

उनले आर्थिक अबस्था कमजोर भएका असहाय ,अशक्त अपांगहरुलाई राहत स्वरुप खाद्यान्न वितरण गर्न जादा कतिपय ब्यक्तीहरु पिडा बाचिरहेका र राज्यबाट उपलब्ध कतिपय सेवा सुबिधा नपाइरहेको अबस्थामा मन दुख्ने गरेको उनले बताइन । यसअघि उनले व्यक्तिगत खर्चमा यअघि नै २ सय घरपरिवारलाई सहयोग गरिसकेकी छिन ।

अमात्य गत स्थानीय निर्वाचनमा नेपाली काङ्ग्रेसको तर्फबाट विदुर नगरपालिकामा उपमेयरकी उम्मेदवार रहेकी थिइन ।

Advertisement

प्रतिक्रिया