विदुर नगरपालिकाको बजेट एक अर्बको हुने
विदुर । नुवाकोटको विदुर नगरपालिकाको आर्थिक वर्ष २०७७÷७८ को बजेट एक अर्ब बराबर हुने भएको छ ।
नगरपालिकाले कृषि र स्वास्थ्यलाई प्राथमिकता दिएर बजेट निर्माणको तयारीमा रहेको जुटेको नगरपालिकाका मेयर सञ्जु पण्डितले जानकारी दिए ।
आगामी वर्षको नीति तथा कार्यक्रम यही असार १० गते ल्याउने तयारीमा नगरपालिका जुटिरहेको छ । विशेषगरी कोरोना भाइरसका कारण परेको प्रभाव र भित्रिएका जनशक्तिको व्यवस्थापनको क्षेत्रमा बजेट विनियोजन हुने बताइएको
छ । स्थानीय तहको राजस्व सङ्कलनमा आएको गिरावट र भाइरसको प्रभावका कारण विकास निर्माणभन्दा कृषि, पशु तथा स्वास्थ्य क्षेत्रले प्राथमिकता पाउने नगरपालिकाले जनाएको छ । भाइरसका कारण सबै क्षेत्र प्रभावित भए तापनि
सुधारोन्मुख प्रक्रियामा नगरपालिका जाने नगरप्रमुख पण्डितले बताए ।
विदेशबाट फर्किएर आएका नागरिकको सीप र दक्षतालाई समुदायमा परिचालन गर्ने, स्थानीय उद्योग र हस्तकलालाई प्रमोट गर्ने, स्थानीय उत्पादनको बजारीकरण गर्ने, समुदाय सबलीकरण कार्यक्रम सञ्चालन गर्ने योजना ल्याउनेबारे नगरपालिकाले
छलफल गरिरहेको छ । विगतका दिनमा मोटरबाटो र भौतिक संरचना निर्माणले पाउँदै आएको प्राथमिकता यस वर्षबाट तोडिने नगरप्रमुख पण्डितले बताए । साना तथा टुक्रे आयोजनालाई निस्तेज गर्दै ठूला र विकासमुखी योजना मात्रै सञ्चालन गर्ने उनले बताए ।
नगरपालिकाले आर्थिक वर्ष ०७७÷७८ को बजेट निर्माणका लागि विषयगत विज्ञसँग परामर्शसमेत गरिरहेको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार, सिँचाइ तथा जलस्रोत व्यवस्थापनलगायतका विज्ञहरूसँग समन्वय गरिरहेको विदुर नगरपालिकाले जनाएको छ । आक्रामक विकासका लागि थोरै, तर दिगो विकासमा नगरपालिका अगाडि बढेको उपप्रमुख गीताकुमारी दाहालले बताएकी छिन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया