त्रिशूली अस्पताललाई दरबन्दी र स्वास्थ्य सामग्री अभाव
 
		
	 विदुर÷ नुवाकोटमा कोरोना भाइरसको सङ्क्रमित बढ्दै जाँदा कोरोना सङ्क्रमितको उपचार गर्ने त्रिशूली अस्पतालमा स्वीकृत दरबन्दी र स्वास्थ्य सामग्री तथा आवश्यक औषधिको अभाव रहेको छ ।
विदुर÷ नुवाकोटमा कोरोना भाइरसको सङ्क्रमित बढ्दै जाँदा कोरोना सङ्क्रमितको उपचार गर्ने त्रिशूली अस्पतालमा स्वीकृत दरबन्दी र स्वास्थ्य सामग्री तथा आवश्यक औषधिको अभाव रहेको छ ।
जिल्लामा बुधबारसम्म कोरोना सङ्क्रमितको सङ्ख्या १३ जना पुगेको छ । कोरोना सङ्क्रमित तीनजना त्रिशूली अस्पतालमा उपचारपछि मंगलबार घर फर्किएका छन् । पछिल्लो समय जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ । सङ्क्रमण पुष्टि भएको नौजनाको त्रिशूली अस्पतालमा र एकजना खरानीटार अस्पतालमा रहेको आइसोलेसन वार्डमा राखी उपचार भइरहेको छ । कोरोना सङ्क्रमित बढ्ने क्रम बढे पनि उपचारका लागि आइसोलेसन वार्डको अभाव देखिएको छ ।
त्रिशूली अस्पतालले प्रदेश सरकार र जिल्लामा स्थानीय निकायको आर्थिक सहयोगमा १० बेडको आइसोलेसन वार्ड थप्ने तयारी गरिरहेको छ । बेडसङ्ख्या थप्न सकिने भए पनि स्वीकृति ५० बेडको त्रिशूली अस्पताललाई स्वीकृति ५८ जना दरबन्दी पूरा नहुँदा उपचार सेवा दिन सकिरहेको छैन । अस्पतालमा छात्रवृत्तिका करार केही डाक्टर र दुईजना विशेषज्ञ डाक्टर मात्र कार्यरत रहेका छन् । सरुवा भएर जाने, तर नआउने कारणले स्वास्थ्यकर्मीको अभाव भएको अस्पताल विकास तथा व्यवस्थापन समितिका अध्यक्ष अर्जुनप्रसाद न्यौपानेले  बताए । कोरोना सङ्क्रमित यही क्रममा जिल्लामा थपिँदै जाने हो भने त्रिशूलीअस्पतालले थेग्न नसक्ने उनले बताए । स्वास्थ्यकर्मीलाई आइसोलेसनमा खटाउँदा १४ दिन क्वारेन्टाइनमा राख्नुपर्ने भएकाले अस्पतालको अन्य सेवा सञ्चालन गर्न स्वास्थ्यकर्मीको अभाव देखिएको छ । करारको डाक्टरले धानेको अस्पतालको
सेवा नियमित गराउन धौ–धौ परिरहेको अध्यक्ष न्यौपानेले बताए ।
अस्पताल विकास समितिसँग बजेटको समेत अभाव रहेको छ । कोरोना सङ्क्रमितको उपचारमा खटिएका स्वाथ्यकर्मीको बिमा र उत्प्रेरणा तथा जोखिम भत्तासमेत अस्पतालले दिन सकेको छैन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया