नुवाकोट कांग्रेसद्दारा स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानबिन गर्नुपर्ने माग गर्दै सिडियोमार्फत प्रधानमन्त्रिलाई ज्ञापनपत्र बुझायो

विदुर खबर २०७७ असार २ गते १५:१९

विदुर । नेपाली कांग्रेस नुवाकोटले विभिन्न १३ वुँदे ज्ञापनपत्र पेश गर्दै सिडियो मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलाीलाई ज्ञापनपत्र बुझाएको छ ।

Advertisement

कांग्रेस नुवाकोटले पीसीआर टेष्टको दायरा बढाउनुपर्ने, क्वारेन्टिन व्यवस्थित हुनुपर्ने, अस्पतालको व्यवस्थापनमा जुट्नुपर्ने, स्वास्थ्य सामग्री खरिद तथा विदेशबाट नागरिक उद्धारमा भएको भनिएको अनियमितता छानबिन गर्नुपर्ने लगायतका माग गर्दै सडियो मार्फत प्रधानमन्त्रि केपी शर्मा ओलाीलाई ज्ञापनपत्र बुझाएको छ ।  जिल्ला सचिव सुरेन्द्रराज अधिकारीको नेतृत्वमा गएको टोलीले कोरोना भाइरस महामारी रोकथाम तथा नियन्त्रणमा गम्भीर भएर प्रभावकारी काम गर्न ज्ञापनपत्र मार्फत सरकारलाई आग्रह गरेको छ ।

                                                        ज्ञापनपत्र बुझ्दै नुवाकोटका प्रजिअ द्रोण पोखरेल ।

सरकारले पिसिआर विधिबाट कोरोना परीक्षणको दायरा वृद्धि नगरेको कांग्रेसले बताउँदै आएको छ । नेपाली कांग्रेस नुवाकोटका सचिव अधिकारीले प्रमुख जिल्ला अधिकारी द्र्रोण पोखरेलमार्फत प्रधाममन्त्रिलाई कोरोना नियन्त्रणमा गम्भीर बन्न र परीक्षणको दायरा वृद्धि गर्न ध्यानाकर्षण गराइएको जानकारी दिए । सिडियोलाई मार्फत प्रधानमन्त्रिलाई ध्यानाकर्षण पत्र बुझाउन नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापा लगायत जिल्ला प्रशासन कार्यालय पुगेका थिए ।

                                                                 ज्ञापनपत्र बुझाउँदै नुवाकोट कांग्रेसका पदाधिकारी ।

Advertisement

कांग्रेसको केन्द्रिय निति अनुसार जिल्लामा सिडियो मार्फत ज्ञापनपत्र बुझाएको नेपाली कांग्रेस नुवाकोटका प्रवत्ता राजु थापाले जानकारी दिए ।

प्रतिक्रिया