धादिङमा कोरोना संक्रमितको संख्या ८१ पुग्यो
धादिङ । धादिङको नीलकण्ठ नगरपालिकाका २३ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएको छ ।
सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंका निर्देशक डा. सागरराज भण्डारीका अनुसार संक्रमितमध्ये ५ जना महिला र १८ जना पुरुष रहेका छन् । संक्रमितहरु सबै भारतबाट आएर क्वारेन्टाइनमा बसेकाहरु रहेको नीलकण्ठ नगरपालिकाका स्वास्थ्य संयोजक विष्णु रिजालले जानकारी दिए ।
संक्रमितहरु नीलकण्ठ नगरपालिका वडा नम्बर १ का २४, २६, ३५ वर्षीया महिला र २६,३२,२९ वर्षीय पुरुष गरी ६ जना, वडा नम्बर ४ का २३ वर्षीय पुरुष, वडा नम्बर ७ का ३८, ३२, २५, २२, ६२, ३२, ३२, ४७, ३० वर्षीय पुरुष गरी ९ जना र वडा नम्बर १४ का ३२, ३५ वर्षीया महिला र १८, २०, २५, ४१, ४५ वर्षीय पुरुष गरी ७ जना छन् । क्वारेन्टाइनमा रहेकाहरुको आरडीटी परीक्षणमा एन्टिबडी पोजिटिभ आएकाहरुको गत जेठ २९ गते स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको थियो । सहिद शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकु काठमाडौंमा गरिएको परीक्षणमा कोरोना संक्रमण पुष्टि भएको हो । नीलकण्ठ नगरपालिकामा मात्रै संक्रमित संख्या ३८ पुगेको छ
यो सँगै धादिङमा संक्रमितको संख्या ८१ पुगेको छ । संक्रमित देखिएकामध्ये तीन जना निको भएर घर फर्किएका छन् भने अन्य उपचाररत छन् । संक्रमितहरुलाई स्थानीय तहहरुले आफ्नै आइसोलेसनमा राखेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा
नुवाकोटमा स्कुटर र्दुघटना हुँदा एक जनाको मृत्यु
रेग्मीको ‘अक्षरमा अनुभूति’ मुक्तक संग्रह लोकार्पण





प्रतिक्रिया