नुवाकोटमा नदिजन्य पदार्थ उत्खननमा रोक,डोजर खोलमा पसे मुद्दा हालिने

विदुर खबर २०७७ असार १ गते ११:१८

नुवाकोट । नुवाकोटमा आजबाट नदिजन्य पदार्थ उत्खननमा रोक लगाइएको छ ।

Advertisement

जिल्ला अनुगमन तथा समन्वय समिति बैठकलले तीन महिनाका लागि नदी उत्खननमा रोक लगाएको छ । समितिको निर्णयानुसार असार १ गतेदेखि भदौ मसान्तसम्म नदी उत्खनन् गरी बालुवा, ढुङ्गा, ग्राभेल जस्ता नदीजन्य सामग्री निकाल्न पाइने छैन । नुवाकोटको तादी,त्रिशुली,सलाखु,फलाख, लगायतका नदीमा अत्यधिक उत्खनन भई सङ्कटको अवस्था आइसकेका कारण यस्तो निर्णय गरिएको जिल्ला समन्वय समितिका नुवाकोटका प्रमुख सन्तामान तामाङले जानकारी दिए ।
असोजपछि पनि वातावरणीय प्रभाव मूल्याङ्कनले उचित ठह¥याए मात्र उत्खनन खुला गरिने र अन्यथा बन्देज कायम राख्ने बताए ।

भूकम्पपश्चात घर निर्माणका कार्य तीव्र भई गिट्टी, बालुवाको व्यापार ह्वात्तै बढ्दा व्यवसायीहरू क्रसर उद्योगमा आकर्षित भएका थिए । नुवाकोटमा शक्तिको चलखेलमा मापदण्डभित्र नपर्दा पनि अत्यधिक क्रसर उद्योग खुलेका छन् । यसबाट विभिन्न स्थानका सडक आयोजना तथा गाउँका वस्तीहरु समेत जोखिममा परेका स्थानीयले बताएका छन् । धेरै मात्रामा नदीजन्य पदार्थ उत्खनन हुँदा नदीले धार नै परिवर्तन गरेको छ ।

Advertisement

त्यस्तै नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले आजबाट नुवाकोटका कुनैपनि खोलामा यन्त्र प्रयोग गरेको भेटिए कडा कारवाही गर्ने चेतावनी दिएका छन । उनले खोलामा कुनैपनि हालतमा डोजर र टिफर प्रवेश गर्न नदिेन भन्दै खोलामा प्रवेश गर्नेलाई मुद्दा हाल्ने समेत चेतावनी दिएका छन । त्यस्तै नुवाकोटका प्रहरी प्रमुख अविनारायण काफ्लेले असार एकगतेबाट कुनैपनि हालतमा खोलामा कुनैपनि यन्त्र प्रवेश गर्न नदिने बताए । उनले कानुनले बर्जित गरेको कामलाई तत्काल बन्द गरि कडा कावाही गर्ने बताए ।

प्रतिक्रिया