बैंकलाई कर्मचारी व्यवस्थापनको सकस, दुई सिफ्टमा सेवा दिन राष्ट्र बैंकको निर्देशन
नुवाकोट । बैंक तथा वित्तीय संस्थाले पूर्णकालिन समय नै सेवादिनु पर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक परिपत्र जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरुलाई साविकको कार्यालय कै समय बमोजिम सञ्चालन गर्न निर्देशन दिएको हो ।
गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बैंक तथा वित्तीय संस्थाहरुलाई कामको चापअनुसार कर्मचारी व्यवस्थापन गरी पूर्णकालिन समय कार्यालय सञ्चालन गर्न निर्देशन दिइएको राष्ट्र बैंकका नियमन विभागका कार्यकारी निर्देशक देवकुमार बढालले बताए ।जारी परिपत्रअनुसार बैंकहरुले कामको चापलाई मध्यनजर गर्दै आवश्यकता अनुसार कर्मचारीलाई बिहान ८ बजेदेखि दिउँसो १ बजेसम्म र १ बजेदेखि साँझ ६ बजेसम्म गरी २ सिफ्टमा काम लगाउनु पर्नेछ ।
बैंक सञ्चालन गर्दा व्यवस्थापनले कर्मचारी र ग्राहकको स्वास्थ्य सुरक्षा तथा संक्रमणको जोखिमलाई न्यूनिकरण गर्न आवश्यक सावधानी अपनाउनु पर्नेछ । साथै विद्युतीय कारोबारलाई प्रोत्साहन गर्न समेत राष्ट्र बैंकको निर्देशन छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया