इटाली र माल्टाको सामूद्रिक इलाकामा ४५० आप्रवासी अलपत्र

विदुर खबर २०७५ असार ३१ गते १:४४

रोम, इटाली,  माल्टा र इटालीबीच कसले जिम्मेवारी लिने र समुद्रमा फसेका आप्रवासी शरणार्थीलाई सहयोग गर्ने भन्ने निश्चित नहँुदा लिवियाबाट यूरोप हिडेका कम्तीमा ४५० जना आप्रवासी शरणार्थीहरू शनिबार समूद्रमा अलपत्र परेका छन् ।

Advertisement

शुक्रबार इटालीका दक्षिणपन्थी समूहका तर्फबाट गृहमन्त्री बनेका माटेओ साल्भिनीले आप्रबासी चढेको डुङ्गालाई आफ्नो इलाकामा प्रवेश गर्न नदिएपछि यूरोपेली संघको सीमा क्षेत्रमा काम गर्ने निकाय (फ्रन्टेक्स)ले दुईवटा डुङ्गा उपलब्ध गराएको र डुङ्गा डुब्ने खतरालाई टारेको थियो ।

एउटै डुङ्गामा ठूलो सङ्ख्यामा रहेका शरणार्थीको सुरक्षालाई मध्य नजर गरी यात्रुहरूलाई दुई डुङ्गामा बाडिएको थियो ।

Advertisement

फ्रन्टेक्सले डुङ्गालाई दक्षिणतर्फ लिविया अथवा माल्टामा जान निर्देशन दिएको बताइएको छ ।

हामीले सर्वप्रथम समस्यामा परेका यात्रसुलाई न्याय दिनु, सम्मान गर्नु र मानव तस्कर विरुद्ध साहस दिनु आवश्यक छ त्यसपछि मात्र यूरोपेली कानून अनुसार अघि बढ्नु उचित हुनेछ ।

Advertisement

प्रतिक्रिया