त्रिशुली स्कुलको शैक्षिक विकास तालिम केन्द्रमा आइसोलेसन निर्माण गरिने


फाईल फोटो ।
विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर १ त्रिशुलीमा रहेको त्रिभुवन त्रिशुली उच्च माध्यामिक विद्यालयको शैक्षिक विकास तालिम केन्द्रमा आइसोलेसन वार्ड निर्माण गरिने भएको छ ।
नुवाकोटमा कोरोना संक्रमितहरुको संख्या दिनानुदिन बढ्दै गएको र त्रिशुली अस्पतालमा रहेको आइसोलेसन वार्डको संख्या न्युन भएको भन्दै COVID-19 रोकथाम तथा नियन्त्रणसम्बन्धी जिल्लास्तरीय Crisis Management Center को बैठकले जिल्ला सुरक्षा समितिले हाल क्वारेनटाइनको रुपमा रहेको तालिम केन्दलाई आइसोलेसन वार्डको रुपमा विकास गर्न लागिएको बताइएको छ । हाल सो स्थानमा रहेको क्वारेनटाइनलाई भने विदुर नगरपालिका वडा नम्बर ५ च्वाडी माध्यामिक विद्यालयमा सारिने बताइएको छ ।
त्यस्तै बैठकले नुवाकोटमा स्वाब संकलनका लागि भिटिएम किटको अभाव रहेको भन्दै स्वास्थ्य कार्यालयलाई एकहजार किट किन्न अनुरोध गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया