सुली उद्योगले गाउँमा दुर्गन्ध फैलाएको भन्दै खानीगाउँका स्थानियद्दारा विरोध प्रर्दशन

विदुर खबर २०७७ जेठ ३१ गते १९:२५
सुली उद्योग हगाउनुपर्ने माग गर्दै विरोधमा उत्रिएका स्थानिबासीहरु ।

                                                                     सुली उद्योगमा रहेको र्दुगन्धित सुली ।

खानीगाउँ । नुवाकोटको लिखु गाउाँपालिका वडा नम्बर ५ छेडी खोलमा रहेको पोल्ट्री फर्मले वडा नम्बर १ को चुलीडाँडाँमा निर्माण गरेको शुली उद्योगले गाउँमा दुृर्गन्ध फैलाएको भन्दै वडा नम्बर १ खानी गाउँ र वडा नम्बर २ का विभिन्न गाउँ तथा विदुर नगरपालिका वडा नम्बर १० को दारेगौडा लगायतका स्थानमा दुर्गन्ध फैलाएको भन्दै स्थानियबासीले विरोध प्रर्दशन गरेका छन ।

                                   सुली उद्योग हगाउनुपर्ने माग गर्दै विरोधमा उत्रिएका स्थानिबासीहरु ।

Advertisement

वडा नम्बर १ खानीगाउँ र २ का स्थानियबासी तथा विदुर नगरपालिकाका वडा नम्ब। १० दारेगौडाका स्थानियबासीहरुले गाउँमा रहेको शुली उद्योगले गाउँमा दुृर्गन्ध फैलाएको भन्दै विरोध प्रर्दशन गरेका छन । उनीहरुले शनिवार शुली उद्योग बन्द गर्नुपर्ने,जनताको स्वास्थ्यमा खेलवाड गर्न नपाइने, र सो सुली उद्योगको कारण गाउँमा झिँगा भन्केको भन्दै विरोध प्रर्दशन गरेका हुृन । स्थानियहरुले गाउँमा अवैध रुपमा शुली उद्योग संचालन गरेको र आफुहरुलाई पहिले प्लाष्टिक उद्योग संचालन हुने भन्दै झुकाएर संचालकले जागिर दिने प्रलोभन देखाएर शुली उद्योग संचालन गरेको आरोप लगाउँदै आज प्रर्दशन गरेका हुन । स्थानिय कमलवहादुर न्यौपानेले शुली कारखाना राखेको तीनचार वर्ष भएको भन्दै गन्धले अहिले सहन सक्ने अवस्थानै नरहेको भन्दै शुलीलाई व्यवपस्थापन गर्न बारम्बार आग्रह गरेपनि संचालकले आफुहरुको मागको सुनुवाई नगरेकोले उद्योग संचालनको माग गर्दै विरोधमा उत्रनु परेको बताए । त्यस्तै अर्काे स्थानिय सुकमाया मगरले आफुहरलाई उद्योग संचालन गर्नुअघि कागज कारखाना स्थापना गर्ने र स्थानियलाई रोजगारी दिने भनेको र अहिले दुर्व निर्णय विपरित उद्योग संचालक गएको दुखेसो पोखिन । उनले शुली उद्योगबाट झरेको ढलले गाउँमा रहेको खानेपानीको मुहानमा समेत र्दुथन्ध फैलाएकोले तत्काल उद्योग बन्न्दको माग गर्दै विरोधमा उत्रिएको बताइन ।

त्यस्तै वडा नम्बर १ का वडाध्यक्ष नरहरी पाण्डेले शुली उद्योगले स्थानियमा व्यापक असर परेको भन्दै जनताहरु विरोधमा उत्रेको बताए । उनले सो उद्योगको असरले स्थानियबासीले पालेको पशुपालन समेत मरेको गुनासो आफुकहाँ आएको बताए । वडाध्यक्ष पाण्डे उद्योग संचालकहरुले जनताको मागलाई संम्बोधन गर्न नसकेकोले विरोध प्रर्दशन भएको बताए । त्यस्तै वडा नम्बर २ का वडाध्यक्ष भिमबहादुर घलेले बारम्बार उद्योग संचालकलाई सुलीलाई गन्धमुत्त बनाउन आग्रह गरेपनि उद्योग संचालकहरुले सधैवेवास्ता गरिरहेको बताए ।

Advertisement

त्यस्तै उद्योग संचालक राजकुमार ढकालले सुर्यगढी गापा ५ मा उत्पादन भएको सुलीलाई खानीगाउँमा ल्याएर व्यवस्थापन गरेको बताए । उनले सामान्य अवस्थामा सुलीको गन्ध नआएको भन्दै केही घरमा असर परको स्वीकार गरे । उनले पानीको गतवर्ष परिक्षण गर्दा खान योग्य रहेको भन्दै अहिले पनि सबै किसिमको सुरक्षा अपनाउन तयार रहेको बताए ।

सुली उद्योग नजिकै रहेको गाउँका वस्तीहरु ।

यसैबिच शनिवार नै गाउँपालिकाकी उपप्रमुख रोजिना राई, वडा नम्बर १ का वडाध्यक्ष नरहरी पाण्डे, वडा नम्बर २ का वडाध्यक्ष भिमबहादुर घले, उद्योग संचालक र स्थानियबासीबिच भएको छलफलले समन्वय समिति गठन गरि ४ बुँदे सहमति गरेको छ । सहमति अनुसार उद्योग संचालकले स्टक सुली एकसाताभित्र खाली गर्ने, नयाँ सुली राख्न नपाउने, कारखानाबाट निस्केको ढल सडकमा मिसाउन नपाइने तथा उद्योग संचालन रहेको क्षेत्रमुनि रहेको पानीका मुहानको ल्याब टेष्ट नियमानुसार गर्ने निर्णय गरेको छ ।

Advertisement

तर स्थानियबासीहरुले भने सहमति अनुसार काम नभए एकसातापछि उद्योग बन्द गर्ने चेतावनी दिएका छन ।

प्रतिक्रिया