नुवाकोटमा राष्ट्रियताको पक्षमा उर्लिए युवाहरु (फोटो फिचर)
नुवाकोट । राष्ट्रियताको पक्षमा नुवाकोटका सचेत युवाहरुले आज विदुरमा शान्तिपुर्ण प्रर्दशन गरेका छन । कोरोना रोकथाम र उपचार लगायत भ्रस्टाचारमा समेत सरकारले प्रभावकारी काम नगरेको भन्दै नुवाकोटका युवाहरु सडकमा उत्रिएका हुन् ।
सदरमुकाम विदुर चोकदेखि र्याली सुरु गरेर लोकतान्त्रिक चौतरामा पुगेर कोणसभा गरेको हो । देशभर युवाहरुले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोख्दै नुवाकोटमा पनि सडकमा उत्रेको युवा निरज चित्रकारले बताए । कमजोर व्यवस्थापनमा पनि युवाहरुको उल्लेख उपस्थितले कार्यक्रम शसक्त भएको र क्रमबद्ध रुपमा आगामी कार्यक्रम गरिने बताए ।
गृह मन्त्रालयले बिहीबार नै लकडाउनको उल्लंघन नगर्न चेतवानी सूचना जारी गरेको थियो । उल्लङ्घन गरेमा संक्रामक रोग नियन्त्रण ऐनअनुसार प्रदर्शनकारीलाई सरकारले एक सयदेखि ६ सयसम्म जरिवाना र एक महिनादेखि ६ महिनासम्म थुनामा राख्ने गरी कारबाही गर्न सक्ने प्रावधान रहेको व्यहोरा गृहले स्मरण गराएको थियो ।
कोरोना परीक्षणलाई नियन्त्रित गरेर संक्रमणलाई अनियन्त्रित बनाएको भन्दै प्रदर्शनकारी युवाहरुले प्लेकार्ड, फेस मास्क सहित सरकारको विरोध गरेका छन् । प्रदर्शनमा जिल्लाका शिक्षक, विद्यार्थी, व्यापारी लगायतको उपस्थिति रहेको अर्का युवा अगुवा शंकर पाण्डेले बताए ।


- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया