नुवाकोटको थानपतिबाट युवतीलाई जबरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ
विदुर खबर
२०७७ जेठ २८ गते २२:२४


सांकेतिक तश्वीर ।
नुवाकोट । नुवाकोटको शिवपुरी गाउँपालिकाको थानापतिबाट १६ वर्षे युवतीलाई जवरजस्ती करणी गरेको आरोपमा एक युवक पक्राउ परेका छन ।
पक्राउ पर्नेमा शिवपुरी गाउँपलिका वडा नम्बर ५ का २७ वर्षिय जिवन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । उनले फोनमार्फत भेट्न बोलाई आफुले चलाउने गरेको प्रदेश नं.३(०१००३ क ५८९७ को आईचर गाडी भित्र बस्न लागाएर आईचरको ढोका बन्द गरी सो युवतीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका श्रेष्ठलाई जबरजस्ती करणी गरेको आरोपमा जिल्ला अदालत नुवाकोट १५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया