लकडाउनकै बीच राजदूत पाण्डेलाई बधाई थाप्न भ्याइनभ्याइ
नुवाकोट । देश लकडाउनमा रहेकै बेला चीनका लागि नवनियुक्त राजदूत महेन्द्र बहादुर पाण्डेको व्यस्तता बढेको छ ।
छ्ट्टिै राजदूतको जिम्मेवारी सम्हाल्न चीन जान तरखरमा रहेका उनलाई बधाइ दिनका लागि धमाधम कार्यक्रम राख्न थालिएपछि लकडाउनकै बीच पनि उनको व्यस्तता बढेको हो । यही सातामात्रै उनी दुई वटा कार्यक्रममा सक्रिय भएका छन् । आइतबार नुवाकोट सरोकार मन्चले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा सहभागी भएका उनी मंगलबार पनि नुवाकोट जिल्ला पार्टीको आयोजनामा भएको कार्यक्रममा सहभागी भएका हुन् ।
राजधानीमै भएको दुबै कार्यक्रममा उनलाई नुवाकोटका जिल्लास्तरीय देखि केन्द्रसम्म प्रतिनिधित्व गर्ने नेता तथा शुभेच्छुक सहभागी रहेका थिए । लकडाउनमा सामाजिक दूरी कायम गर्न तथा कार्यक्रम हरु नगर्न रोक लगाइएपनि उनी त्यस्ता कार्यक्रममा उनी सहभागी भएका हुन् । नेकपाका नेता समेत रहेका पाण्डेलाई गत वैशाख ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा चीनका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी थिइन् । तर लकडाउनकै कारण उनी जिम्मेवारी सम्हाल्न बेइजिङ जान भने पाएका छैन ।
यद्यपी उनी केही दिनभित्रै चीन जाने तयारीमा रहेका बुझिएको छ । जाने अन्तिम तयारीमा लागेकाले नै उनलाई बधाइ दिन विभिन्न संघसंस्थाहरुले कार्यक्रमकाे आयाेजना गर्ने क्रम बाक्लिएको हाे ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया