मृग काटेको आरोपमा बेलकोगढीबाट काका भतिज पक्राउ

फाईल फोटो ।
विदुर । संरक्षित वन्यजन्तु मृग काटेको आरोपमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ बाट दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा ५९ वर्षिय मरिचमान लामा र ४० वर्षिय धनसिंह लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सोमबार विहान उनीहरुलाई घरमा मृग मारेर मासु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र डिभिजन बन कार्यालय नुवाकोटको टोलीले पक्राउ गरेको हो । प्रहरीको टोलीले चेकजाँचको क्रममा खानतलासी गर्दा मृग टाउको नरहेको अबस्थामा फेला पारेको थियो ।
उनीहरुलाई पक्राउ गरी डिभिजन बन कार्यालय नुवाकोटलाई बुझाईएकोमा मंगलवार जिल्ला अदालत नुवाकोटबाट दिन १५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जङ्गलबाट मृग समाती घरमा ल्याएर काटेको विशेष सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












सरस्वती आधारभुत विद्यालयमा विज्ञान प्रयोशाला
तारकेश्वरका आशिष घिमिरे मृत अवस्थामा भेटिए
नुवाकाटे क्षेत्र नं २ मा ८ जनाकाे जमानत जफत
डा. लामिछानेको चुनाव खर्च १६ लाख ९ हजार
रसुवामा नौ जनाको धरौटी जफत





प्रतिक्रिया