मृग काटेको आरोपमा बेलकोगढीबाट काका भतिज पक्राउ

फाईल फोटो ।
विदुर । संरक्षित वन्यजन्तु मृग काटेको आरोपमा बेलकोटगढी नगरपालिका वडा नम्बर ६ बाट दुई जना पक्राउ परेका छन ।
पक्राउ पर्नेहरुमा ५९ वर्षिय मरिचमान लामा र ४० वर्षिय धनसिंह लामा रहेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । सोमबार विहान उनीहरुलाई घरमा मृग मारेर मासु काटिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय र डिभिजन बन कार्यालय नुवाकोटको टोलीले पक्राउ गरेको हो । प्रहरीको टोलीले चेकजाँचको क्रममा खानतलासी गर्दा मृग टाउको नरहेको अबस्थामा फेला पारेको थियो ।
उनीहरुलाई पक्राउ गरी डिभिजन बन कार्यालय नुवाकोटलाई बुझाईएकोमा मंगलवार जिल्ला अदालत नुवाकोटबाट दिन १५ दिनको म्याद थप गरि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । जङ्गलबाट मृग समाती घरमा ल्याएर काटेको विशेष सूचनाका आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













पूर्वअर्थमन्त्री महत सहित ५५ जना विरुद्ध मुद्दा दायर
रसुवागढी जलविद्युत मर्मतपछि आंशिक सञ्चालनमा
मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे





प्रतिक्रिया