यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टद्दारा स्वास्थ्य सामग्री वितरण
नुवाकोट । यशोदादेबी भगवानसिंह केसी मेमोरियल ट्रष्टले ककनी गाउँपालिकामा पनि स्वास्थ्य सामग्री प्रदान गरेको छ ।
सोमबार गाउँपालिकाको ९ वटा स्वास्थ्य संस्थालाई ईन्फारेड थर्माेमिटर प्रदान गरेका हुन् ।सबै वडामा रहेका स्वास्थ्य संस्थालाई सामग्री प्रदान गर्दै ट्रष्टका अध्यक्ष डा. केदारनरसिंह केसीले ककनीमा कोरोना सङ्क्रमित देखिएपछि यस क्षेत्रका सबैलाई सुरक्षित रहन सुझाव दिए । उनले भने, ‘कोरोना लाग्दैमा आतिनु पर्दैन, सुरक्षित अपनाए निको हुन्छ ।’
ट्रष्टका महासचिव एवं नुवाकोट काँग्रेस सभापति जगदीश्वरनरसिंह केसीले कोरोना संक्रमण बढ्दै गईरहेका बेला स्वास्थ्य संस्थालाई जिम्मेवारीबोध गराउन पहलकदमी गाउँपालिकाले गर्नुपर्ने बताए । उनले गाउँपालिका अध्यक्ष मानबहादुर तामाङ, उपाध्यक्ष सिता खतिवडा लगायत स्वास्थ्य संस्थाका प्रतिनिधिसँग भेटी छलफल समेत गरेका थिए ।
नेपाली कांगेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री अर्जुननरसिंह केसीको संरक्षकत्वमा रहेको ट्रष्टले यसअघि नुवाकोटका अन्य गाउँपालिकाका ८८ वडाका १०९ स्वास्थ्य संस्थामा थर्माेमिटर वितरण गरेका थिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया