विदुर नगरपालिकाका मेयर–उपमेयर जनताको काम छाडेर काठमाण्डौमा
 नुवाकोट । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयरहरु गिता दाहाल जनताको काम छाडेर आईतबार काठमाण्डौ गएका छन ।
नुवाकोट । विदुर नगरपालिकाका मेयर सञ्जु पण्डित र उपमेयरहरु गिता दाहाल जनताको काम छाडेर आईतबार काठमाण्डौ गएका छन ।
सामान्यत मेयर वा उपमेयरमध्ये एकले कार्यालय छोड्न नपाउने प्रावधानलाई लत्याउँदै उनीहरु काठमाण्डौमा चिनिया राजदुत महेन्द्र पाण्डेको विदाई कार्याक्रममा विदाई गर्न गएका थिए । सरकारले लकडाउन गरेसँगै सार्वजनिक कार्यक्रम नगर्न निर्देशन दिएपनि उनीहरुको सरकारको घोषणा विपरित गरिएका कार्यक्रममा पुगेका हुन । कार्यालयमा मेयर–उपमेयर दुबै नहुँदा आफुहरुको काम प्रभावित भएको सर्वसाधारणले गुनासो पोखेका छन । त्यस्तै एकसातादेखि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत सुदेवकुमार पोखरेल समेत कार्यालयमा आएका छैनन । नुवाकोट प्रशासनले केही महिनाअघि जिल्लाका कुनैपनि स्थानिय तहका प्रमुख प्रशासकिय अधिकृतलाई कार्यालय नछाड्न निर्देशन दिएपनि नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पोखरेलले पनि प्रशासनको निर्देशन लत्याउँदै घरायसी काम देखाउँदै विदामा वसेका हुन ।
 आईतवार विदुर नगरपालिकाको कार्यालय पुगेका सर्वसाधारणले आफुहरुको गुनासो सुन्ने जनप्रतिनिधि कोही नभएको भन्दै असन्तुष्टि पोखेका छन । विदुर नगरपालिका वडा नम्बर १० का संजीव पाण्डेले कामको लागि आएको भन्दै मेयर उपमेयर दुबै नभएकोले समस्या परेको बताए । उनले मेयर–उपमेयरले कार्यालय नै खाली छाडेर

जानु उचित नभएको भन्दै असन्तुष्टि व्यक्त गरे ।
तर विदुर नगरपालिकाका मेयर र उपमेयर भने चिनका लागि नवनियुत्त राजदुत महेन्द्रवहादुर पाण्डेलाई विदाई गर्न काठमाण्डौ गएको बुझिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना

 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए

प्रतिक्रिया