नेपालका ७१ जिल्लामा फैलियो कोरोना संक्रमण

विदुर खबर २०७७ जेठ २५ गते २१:२७

नुवाकोट । विश्वव्यपापी रुपमा फैलिएको कोरोना महामारीका कारण नेपालमा आज कोरोना संक्रमितको संख्या २ सय १३ जना थपिएको छ ।

Advertisement

कोरोना संक्रमित कुल संख्या ३ हजार ४ सय ४८ पुगीसकेको छ । नेपालमा कोरोना संक्रमितको संख्या मध्ये ३ हजार २ सय १२ जना रहेका छन भने २ सय ३६ जना महिला रहेका छन् ।आज थपिएका २ सय १३ जनामा २ सय ९ जना पुरुष र ४ जना महिला रहेका छन् । आज सम्म क्वारेन्टाईनमा  १ लाख ७० हजार ७ सय ३२ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले मिडिया व्रिफिङमा जानकारी गराउनुभयो । उहाँले आईसोलेसन र विभिन्न अस्पतालहरुमा गरि २ हजार ९ सय ६८ जनाको उपचार भैरहेको पनि जानकारी गराउनुभयो । संक्रमित मध्ये कोरोनालाई जितेर आईतबार १ सय २ जना डिस्चार्ज भएका छन् जसमा १ सय जना पुरुष र २ जना महिला हुनुहुन्छ ।

नेपालका ७७ जिल्लामा आईतबार सम्म ७१ जिल्लाका नेपालीहरु कोरोनाको संक्रमणमा परिसकेका छन् । सरकारले पिसिआर परिक्षण संख्यालाई समयमै नबडाएको र क्वारेन्टाईन स्थल अत्यन्तै अव्यवस्तित भएका कारण कतिपय नेपालीले क्वारेन्टाईनमै ज्यान गुमाउनुपरेको छ ।सरकारले भने विश्व स्वास्थ्य संगठन र नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले कोरोना परिक्षणका लागि अनुपयुक्त परिक्षण किट आरडिटिलाई नै जोड दिँदै आएको छ । सरकारले जबरजस्त आरडिटी खरिदमा अझै पनि लगानी गरिरहेको छ र राष्ट्रको ढुकुटी रित्याएर सर्वसाधारण जनतालाई परिक्षणका नाममा झुक्याएको आरोप चौतर्फी रुपमा आईरहेको छ ।

Advertisement

अहिले सम्म १ लाख ४५ हजार ४९ जनाको आरडिटि विधिबाट परिक्षण गरिएको प्रवक्ता डा.देवकोटाले जानकारी गराउनुभयो । क्वारेन्टाईनमै मान्छेको मृत्यु हुने र क्वारेन्टाईनबाट आरडिटी परिक्षण गरि नेगेटिभ रिपोर्ट लिएर घर पुगेका सुर्खेतका युवाको पनि मृत्युले चौचर्फी रुपमा क्वारेन्टाईनको व्यवस्थापनमाथी प्रश्न उठेको छ ।आम नागरिक र बिज्ञहरुको तर्फबाट सरकारको काम प्रति प्रश्न उठाएपछि नेपाल सरकार तथा स्वासथ्य मन्त्रालयले मन्त्रालयका प्रतिनिधि, नेपाल मेडिकल काउन्सिलका प्रतिनिधि , नेपाल चिकित्सक संघका प्रतिनिधि र नीजिी अस्पतालका तर्फबाट समेत प्रतिनिधि रहने गरि आईतबार समिति गठन गरेको मन्त्रालयका प्रवक्ता डा. देवकोटाले जानकारी गराउनुभयो ।

डा.देवकोटाले ७६ दिन लगातार कोरोना संक्रमणको बारेमा अनवरत रुपमा सूचना दिदै आउनुभएको थियो । लामो समय संचार माध्यममा छाउनुभएका डा. देवकोटाको जिम्मेवारी परिवर्तन भएको जानकारी गराउँदै सोमबारदेखिका लागि मिडिया व्रिफिङका साथै प्रवक्ताको जिम्मेवारी प्रसुतिगृहका पूर्व निर्देशक डा.जागेश्वर गौतमले सम्हाल्नुभएको डा.देवकोटाले जानकारी गराउनुभयो । कोरोना संक्रमणको महामारी नेपालमा प्रवेश गरेयता सबैभन्दा बढी कर्मचारी, चिकित्सकलाई हतोत्साही गर्ने र जिम्मेवारी हेरफेर गर्ने काम स्वास्थ्य मन्त्रालयमा नै बढी भएको जानकारहरु बताउँछन् ।

Advertisement

प्रतिक्रिया