नुवाकोटको तारकेश्वर गाउँपालिकाका ७ जनाको आरडिटि पोजेटिभ देखियो
विदुर खबर
२०७७ जेठ २५ गते १८:५५

नुवाकोट । नुवाकोटको तारकेश्वर गाउँपालिकाका ७ जनाको आरडीटी पोजेटिभ देखिएको छ ।
¥यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट गर्दा ७ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय नुवाकोटले जनाकारी दिएको छ । गाउँपालिकाको वडा नम्बर १ दानसिंङ र वडा नम्बर ५ गोर्रयासङको क्वारेनटाइनमा रहेकाहरुको आरडीटी टेष्ट गर्दा ७ जनाको रिर्पोट पोजेटिभ देखिएको कार्यालय प्रमुख सागर घिमिरेले जानकारी दिए ।
कार्यालयका अनुसार आईवार विदुर नगरपालिका, म्यागङ गाउँपालिका र त्रिशुली अस्पतालमा रहेकासहित गरेर ७५ जनाको ¥यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट गर्दा सबैको नतिजा नेगेटिभ आएको भने २८ जनाको स्वाब संकलन गरि काठमाण्डौ पठाइएको छ । आरडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्ने चिकित्सहरुले बताएका छन ।
हालसम्म नुवाकोटमा ३ जना कोरोना संक्रमित भेटिएका छन ।
सम्बन्धित
प्रतिक्रिया