अमात्यद्दारा अपाङ्गता भएका व्यत्तिहरुलाई खाद्यान्न सहयोग

विदुर खबर २०७७ जेठ २४ गते १९:२०

विदुर । नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी गीता अमात्यले विदुर नगरपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेकी छिन् ।

Advertisement

अमात्यले अपाङ्ग मानव अधिकार मञ्चसंगको समन्वयमा लकडाउनका कारण अति समस्यामा परेका बिदुर नगरपालिकाका १३ वटै वडाका ६५ जना अपाङ्गता भएका व्यत्तिहरुलाई खाद्यान्न सहयोग गरेकी हुन् । उनले शनिवार बिदुर नगरपालिका वडा नम्वर ८ का ६ जना र वडा नम्वर ९ का ६ जनालाई स्थानीयस्तरमै पुगेर खाद्यान्न उपलब्ध गराएकी हुन् ।

त्यस्तै वडा नम्वर १३ का वडा अध्यक्ष दलबहादुर तमाङ र वडा नम्वर ८ का वडा सदस्य देबकुमारी बिकको रोहवरमा अमात्यले प्रतिब्यक्ति एक बोरा चामल, एक किलोग्राम दाल, एक लिटर तेल,एक प्याकेट नुुन, २ प्याकेट साबुन, एक किलोग्राम दालमोठ, एक किलोग्राम च्यूरा, एक किलोग्राम भुजिया, एक किलोग्राम चिनी, एक प्याकेट चियापत्ति र ५ थान मास्कसहितको सहयोग उपलब्ध गराईन् ।

Advertisement

लकडाउनका कारण अपाङ्गता भएकाहरु अत्यन्त समस्यामा रहेका बेला अमात्यको सहयोग आफुहरुको जीवनयापन सहज बनाउन महत्वपूर्ण सावित भएको अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटका सचिव लोचन भट्टराईले बताए । उनले बिदुर नगरपालिका भित्रका अति समस्यामा रहेका अपाङ्ता भएका ब्यक्तिहरुलाई घरमै पुगेर राहत उपलब्ध गराईने समेत जानकारी दिए ।

प्रतिक्रिया