अमात्यद्दारा अपाङ्गता भएका व्यत्तिहरुलाई खाद्यान्न सहयोग
विदुर । नुवाकोट उद्योग वाणिज्य संघकी वरिष्ठ उपाध्यक्ष तथा समाजसेवी गीता अमात्यले विदुर नगरपालिका भित्रका अपाङ्गता भएका ब्यक्तिहरुलाई खाद्यान्न सहयोग गरेकी छिन् ।
अमात्यले अपाङ्ग मानव अधिकार मञ्चसंगको समन्वयमा लकडाउनका कारण अति समस्यामा परेका बिदुर नगरपालिकाका १३ वटै वडाका ६५ जना अपाङ्गता भएका व्यत्तिहरुलाई खाद्यान्न सहयोग गरेकी हुन् । उनले शनिवार बिदुर नगरपालिका वडा नम्वर ८ का ६ जना र वडा नम्वर ९ का ६ जनालाई स्थानीयस्तरमै पुगेर खाद्यान्न उपलब्ध गराएकी हुन् ।
त्यस्तै वडा नम्वर १३ का वडा अध्यक्ष दलबहादुर तमाङ र वडा नम्वर ८ का वडा सदस्य देबकुमारी बिकको रोहवरमा अमात्यले प्रतिब्यक्ति एक बोरा चामल, एक किलोग्राम दाल, एक लिटर तेल,एक प्याकेट नुुन, २ प्याकेट साबुन, एक किलोग्राम दालमोठ, एक किलोग्राम च्यूरा, एक किलोग्राम भुजिया, एक किलोग्राम चिनी, एक प्याकेट चियापत्ति र ५ थान मास्कसहितको सहयोग उपलब्ध गराईन् ।
लकडाउनका कारण अपाङ्गता भएकाहरु अत्यन्त समस्यामा रहेका बेला अमात्यको सहयोग आफुहरुको जीवनयापन सहज बनाउन महत्वपूर्ण सावित भएको अपाङ्ग मानव अधिकार मञ्च नुवाकोटका सचिव लोचन भट्टराईले बताए । उनले बिदुर नगरपालिका भित्रका अति समस्यामा रहेका अपाङ्ता भएका ब्यक्तिहरुलाई घरमै पुगेर राहत उपलब्ध गराईने समेत जानकारी दिए ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया