लकडाउन नखोले अर्थतन्त्र धरासायी हुन्छ : सनराइज बैंकका सीइओ जनक पौडेल

विदुर खबर २०७७ जेठ २३ गते १७:४७

कोरोना भाइरस देखिएपछि हामीले चैत ११ देखि लकडाउन गरेका छौ । पछिल्लो समय लकडाउनको सिमालाई जेठ ३२ सम्म पुर्याएको छ । कोरोना भाइरस नियन्त्रणको लागि लकडाउन मात्र उपयुक्त बिकल्प होइन ।

Advertisement

कोरोना अहिले देखिएको सबैभन्दा ठूलो समस्या हो । यसलाई अब जुधेर अगाडि बढ्नुपर्छ । योसँगै देखिएका चुनौतीलाई सुरक्षित सुरक्षाको उपायलाई अपनाएर अगाडि बढाउनुपर्छ । जनताको दिनचर्यालाई अब विस्तारै खोल्दै जानुपर्छ ।

लकडाउनले सामान्य भन्दा सामान्य व्यवसाय गरेका व्यक्तिहरु अब कसरी चल्लान् त्यो एक पटक सोचौ । सडकमा व्यापार गर्नेहरु हुन् या ठूला व्यवसाय लकडाउनले सबैलाई असर परेको छ । सडकमा स्वय आर्जन गरेर व्यापार गरेको अनौपचारिक क्षेत्रमा रहेका धेरै मानिसहरुले आम्दानी गुमाएका छन् । खल्तीमा पैसा हुँदासम्म लकडाउन सजिलो भएपनि खल्तीमा पैसा सकिएपछि लकडाउन निकै असजिलो हुन्छ । अहिले स्वतफुर्त रुपमा पसल खोल्नेहरु त्यसै बढेका होइनन् ।

Advertisement

अब हामीले लकडाउन बढाउदै जाने हो हो भने अर्थतन्त्रमा समस्या आउने छ । लकडाउनको कारण नै हाम्रो अर्थतन्त्र समस्यामा परिसकेको छ । अब कोरोना भाइरस कहिले निर्मुल हुन्छ भन्न कसैले सक्दैन । यो भाइरस निर्मुल नहुँदासम्म लकडाउन गर्ने भन्ने कुरा हँुदैन । सुरक्षाको उपाय अपनाएर अब लकडाउन खोल्नुको बिकल्प छैन ।

उदाहरणको लागि बैंकहरुले अहिले सुरक्षाको उपाय अपनाएर कार्यालय संचालन गरेका छन् । कार्यालय छिर्नु अगाडि ज्वरो नापिन्छ भने त्यसपछि सेनिटाइजर प्रयोग गरेर मात्र कार्यालय छिर्न दिने गरिएको छ । ग्राहकसँग प्रत्यक्ष सम्पर्कमा आएर काम गर्ने कर्मचारीले माक्ससँगै आवश्यक सुरक्षाको उपाय अपनाएर काम गरिरहेका छन् । यस्तै प्रक्रिया अपनाएर अब अरु व्यवसाय पनि खोल्नुपर्छ । हिजोको दिनमा जस्तो कार्यालय संचालन कोरोनाको कारण सम्भव हुँदैन । आवश्यक सामाजिक दुरी कायम राखेर कार्यालय तथा व्यवसायहरु संचालन गर्ने हो । कोरोना भाइरस नियन्त्रणका लागि लकडाउन मात्र उपाय हो भनेर सोचेमा यसले धेरै संख्यामा गरिबीको संख्या बढाउने हो । लकडाउनको सुरुमा समस्या अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई पर्यो । अब यो समस्या निम्न मध्यम वर्ग र मध्यम वर्गलाई पर्दै जान्छ । जसले गर्दा नेपालमा गरिबीको संख्या थप बढ्छ ।

Advertisement

लकडाउनको कारण आर्थिक क्रियाकलापमा कमी आएको कारण धेरै उद्योग व्यवसायले कर्मचारीलाई अवकासमा दिने योजना ल्याएका छन् । आर्थिक क्रियाकलाप विस्तार बढाउदै लग्ने हो भने अवकास दिने योजना ल्याउनु पर्दैन ।लकडाउनको कारण अहिले बढी प्रभावित भएको एउटा क्षेत्र सार्वजनिक यातायात हो । अब सार्वजनिक यातायातपनि खोल्नुपर्छ ।तर,हिजोको दिनमा जस्तो भिडभाड गरेर गाडी चलाउनु हुँदैन । जस्तो कुनै सार्वजनिक यातायातमा ४० वटा सिट छ भने त्यसमा २० जनामात्र चढाउने हो । गाडी चढ्नु अगाडि ज्वरो नाप्ने,सेनिटाइजर लगाउने र गाडीलाई सृेनिटाइज गर्ने हो । सार्वजनिक यातायातले आफ्नो क्षमता अनुसार चलाउन नसक्ने हुँदा यसको थप अनुदान दिने काम राज्यले गर्नुपर्छ । सधै सबैलाई घरमा थुनेर मात्र हुँदैन । साझा बसलाई सुरुवाती चरणमा काठमाडौं उपत्यकामा संचालन गरेर यसको सुरुवात गर्न सकिन्छ ।

लकडाउनपछि हामीले सनराइज बैंकको सबै सेवाहरु आवश्यक सेवाहरु सुचारु गर्यौ । सुरक्षाको उपाय अपनाएर सेवा दिदा कोरोना भाइरसको संकम्रणबाट बच्न सकिन्छ भन्ने सन्देश यसले हामीलाई दिएको छ । अहिले लकडाउनको कारण सबै क्षेत्रमा सप्लाइ चेन बिक्रेको छ । लकडाउन जति बढ्दै जान्छ त्यो सप्लाइन चेन त्यती नै बिक्रने हो । लकडाउन खोलेर अब हामीले यो लकडाउन अगाडि गरेको भन्दा दोब्बर बढी मेहनत गर्नुपर्छ । सरकारले आगामी वर्षको लागि ७ प्रतिशत आर्थिक बृद्धिदर गर्ने लक्ष्य लिएको छ । लकडाउन गर्दै जाने हो भने त्यो लक्ष्य पुरा हुँदैन । अहिले अर्थतन्त्रमा महत्वपूर्ण हिस्सा ओगट्ने धान लगाउने बेला हो । लकडाउनको कारण किसानहरुले मल तथा बिउ नै पाउन सकेका छैनन् । यसले आगामी वर्ष धान उत्पादन कम हुने खतरा बढी हुन्छ ।

अहिले विश्वका धेरै देशहरुले कोरोना भाइरसलाई नियन्त्रणमा ल्याउनको लागि लकडाउन मात्र लगाएका छैनन् । लकडाउन खुकुलो बनाउदै व्यवसाय सुचारु गरेका छन् । भाइरस नियन्त्रणमा नआउदासम्म लकडाउन मात्र गर्ने हो भने हाम्रो अर्थव्यवस्था पूर्ण रुपमा धरासायी हुन्छ । यसलाई त्यो बेलामा बचाउन सक्ने स्थिती पनि हुँदैन । सरकारले ३२ गते अगाडि नै लकडाउनको मोडालिटीलाई परिवर्तन गरेर खोल्नु दिनुपर्छ ।

आर्थिक क्रियाकलाप खोल्ने भनेको सुरुमा फिल्म हल खोल्ने पार्टी प्यालेस खोल्ने तथा भेला हुने भनेको होइन । यी सबै कुरा चरणबद्ध रुपमा गर्नुपर्छ । रेष्टुरेन्टको नै कुरा गरौ । अहिले कतिपय रेष्टुरेन्टले होम डेलिबरी र खाना बिक्री गर्ने मात्र काम गरेका छन् । अब सामाजिक दुरी कायम राखेर होटल तथा रेष्टुरेन्टलाई पनि खोल्न दिनुपर्छ । हिजोको जस्तो बसेर रेष्टुरेन्टमा खान नमिल्ला । तर,हिजोको भन्दा संख्या कम गरेर रेष्टुरेन्ट चलाउन त मिल्छ । केन्द्र सरकार तथा प्रदेश र स्थानीय तहबीच समन्वयन हुनुपर्यो । केन्द्र सरकारले खोल्न दिने भनेका उद्योग व्यवसाय खोल्न कतिपय स्थानमा स्थानीय तहले बाधा उत्पन्न गरिरहेका छन् । यसमा समन्वयन भएर अब लकडाउन खोल्नुको बिकल्प छैन ।

प्रतिक्रिया