लकडाउनकै समयमा पनि गेर्खु–चोगते सडक निर्माण तिव्र गतिमा

विदुर खबर २०७७ जेठ २२ गते १७:२२

गेर्खु । विदुर नगरपालिकाको वडा नं १० फुलबारीदेखि वडा नं ११ को गेर्ख हुँदै सुर्यगढी गाउँपालिकाको बागेश्वरीसम्म जोड्न लागेको गेर्खु–चोगते सडकखण्डको निर्माण काम लकडाउनकै समयमा पनि तिव्र पारिएको छ ।

Advertisement

सरकारले लकडाउनको समयमा विकास निर्माणको काम गर्न निर्देशन दिएसँगै सडकको कामले तिव्रता पाएको हो । सडकको अहिले वेस हाल्ने काम भइरहेको राष्ट्रिय पुन निर्माण प्राधिकरण अनुदान व्यवस्थापन तथा स्थानिय पुर्वाधार जिल्ला कार्यान्वयन एकाई नुवाकोटले जनाएको छ । १३ किलोमिटर ७ सय ६० मिटर कुल लम्बाई भएको सो सडकको निर्माण अहिले संघिय सांसद वहादुरसिंह लामको हिमडुङ एण्ड थोकर कन्स्ट्रक्सन प्रालिले गरिरहेको छ ।

सडक निर्माण तिव्र गतिमा भइरहेको विदुर नगरपालिका वडा नं ११ का वडाअध्यक्ष तोयानाथ तिमिल्सीनाले बताए । अहिले सडकको भौतिक प्रगति ६० प्रतिशत सम्पन्न भएको आयोजनाका सव कन्ट्रयाक्टर जगत तामाङे जानकारी दिए । तामाङले सडकको अहिले वेस ओछ्याउने काम भइरहेको जानकारी दिए ।

Advertisement

सडकको लागत २६ करोड ४५ लाख २ हजार २ सय ५३ रुपैयाँ ८९ पैसा रहेको छ । सडक निर्माण समयमै भएमा विदुर नगरपालिका वडा नं १० र ११ का जनताहरु लाभान्वित हुने छन । सदरमुकाम विदुरबाट मात्र ५÷६ किलोमिटरको दुरीमा रहेको साविकको गेर्खु गाविस सडक संजाल राम्रो नभएकै कारणले विकट मानिएको छ । लामो समयसम्म सडक निर्माण हुन नसक्दा त्यहाँका स्थानियले ज्यान जोखिममा राखेर यात्रा गर्न बाध्य भएका छन । सडकको निर्माण सम्झौता २०७५ असार २२ गते गरिएको हो ।

प्रतिक्रिया