ट्रेड युनियन नुवाकाेटद्वारा बेलकोटगढिका स्वास्थ्यकर्मीलाई पिपिई वितरण
विदुर खबर
२०७७ जेठ २१ गते १९:५६
बिदुर ।नेपाल ट्रेड युनियन कांग्रेस नुवाकोटले बेलकोटगढी नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि ब्यक्तिगत सुरक्षा उपकरण (पिपिई) उपलब्ध गराएकाे छ ।बुधबार नगरपालिकाकाे कार्यालय बाघखाेरमा युनियनका जिल्ला अध्यक्ष शिव देबकाेटाले नगर उपप्रमुख कबिता ढुँगानाकाे राेहवरमा स्वास्थ्य संयाेजक सत्येन्द्र शाहलाई नेपाली कांग्रेसका केन्द्रीय सदस्य बहादुरसिंह लामाकाे सहयाेगमा प्राप्त ५ थान पिपिई हस्तान्तरण गरेका हुन । त्यसक्रममा नगर उपप्रमुख ढुँगानाले ट्रेड युनियनले उपलब्ध गराएकाे सामग्रीबाट स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न महत्त्वपूर्ण भुमिका निर्बाह गर्ने धारणा ब्यक्त गरिन ।
ट्रेड युनियन नुवाकाेटले यसअघि लिखु र सुर्यगढी गाउँपालिकाका स्वास्थ्यकर्मीलाई पिपिई तथा बाहिरि जिल्लाबाट नुवाकाेट अाई श्रम गरिरहेका एकसय ५० भन्दा बढी श्रमिकलाई राहत उपलब्ध गराईसकेकाे युनियनले जनाएकाे छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना









नेपालमा भारतीय पर्यटकको लर्को
बिहीबार एकै दिन ३३ अर्ब १६ करोड रूपैयाँ भुक्तानी
आजको मौसम : देशभर वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा हुने
निर्माण व्यवसायीको तर्फबाट सरकारलाई धन्यवाद, विश्वास र समृद्ध नेपालको साझा संकल्प
प्रचण्ड नुवाकोटमा, स्थानिय नेता कार्यकर्तासँग भेट





प्रतिक्रिया