पहिरोले चार घर विस्थापित

विदुर खबर २०७५ असार ३१ गते ०:३१
फाईल फोटो ।

चौतारा, अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन् ।

Advertisement

विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।

गत बिहीबार राति परेको पानीसँगै माथिबाट लेदो बगेर आएको र तलबाट पहिरोले तानेपछि अन्य सात घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष कर्णबहादुर खड्काले बताउनुभयो ।

Advertisement

यस्तै बिहीबारदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत बाह्रविसे–तातोपानी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । भोटेकोशी गाउँपालिका–२ स्थित दश किलो भन्ने स्थानमा भोटेकोशी नदीको करीब ७० मिटर सडक कटान गरेकाले खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा दैनिक पानी परेकाले नदीको वहाव वढी रहेको हुदा काम गर्न समस्या उत्पन्न भएको छ ।

भित्तो काटेर सडक बनाउन माथि रहेको वस्ती जोखिममा पर्ने हुँदा त्यसलाई समेत ध्यानमा राखी सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।

Advertisement

प्रतिक्रिया