पहिरोले चार घर विस्थापित
चौतारा, अविरल वर्षासँगै पहिरो जान थालेपछि त्रिपुरासुन्दरी गाउँपालिका–२ घोर्थलीका चार घर विस्थापित भएका छन् भने अन्य सात घर उच्च जोखिममा परेका छन् ।
विस्थापितमध्ये दुई परिवारले आफन्तकोमा आश्रय लिएको र दुई परिवार सुरक्षित स्थानमा टहरो बनाएर बसेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिनुभयो ।
गत बिहीबार राति परेको पानीसँगै माथिबाट लेदो बगेर आएको र तलबाट पहिरोले तानेपछि अन्य सात घर पहिरोको उच्च जोखिममा रहेको वडाध्यक्ष कर्णबहादुर खड्काले बताउनुभयो ।
यस्तै बिहीबारदेखि अवरुद्ध अरनिको राजमार्गअन्तर्गत बाह्रविसे–तातोपानी सडकखण्ड अझै सञ्चालनमा आउन सकेको छैन । भोटेकोशी गाउँपालिका–२ स्थित दश किलो भन्ने स्थानमा भोटेकोशी नदीको करीब ७० मिटर सडक कटान गरेकाले खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । त्यस क्षेत्रमा दैनिक पानी परेकाले नदीको वहाव वढी रहेको हुदा काम गर्न समस्या उत्पन्न भएको छ ।
भित्तो काटेर सडक बनाउन माथि रहेको वस्ती जोखिममा पर्ने हुँदा त्यसलाई समेत ध्यानमा राखी सडक खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












Breaking News कांग्रेस नेता एवं पूर्वमन्त्री दिपक खड्का पक्राउ
आजको मौसम : चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
नुवाकाेटमा बालेन्द्र र सुधनविरूद्ध नाराबाजी
सार्वजनिक प्रशासनमा दलीय ट्रेड युनियन खारेज गरिने
ओलीको रिहा माग्दै नुवाकाेटमा प्रदर्शन





प्रतिक्रिया