नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ८ पुग्यो
नुवाकोट । कोरोनाले नेपालमा थप दुई जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ ।
मन्त्रालयले आयोजना गर्ने नियमित प्रेस मिटमा बोल्दै प्रवक्ता डा विकास देवकोटाले बाजुराकी २ वर्षीया बालिकामा कोरोना संक्रमणका कारण मृत्यु भएको जनाए । उनको आइतबार बिहान मृत्यु भएको थियो । त्यसैगरी, शनिबार दुल्लु नगरपालिका ११ दैलेखका का ३५ वर्ष पुरुषको कोरानाले मृत्यु भएको मन्त्रालयले जनाएको छ । बाजुरा जिल्ला अस्पतालको आइसोलेसनमा आइतबार मृत्यु भएकी बालिकामा सेती प्रादेशिक प्रयोगशालामा स्वाब परीक्षण गर्दा उनमा कोरोना संक्रमण देखिएको थियो ।
बालिकामा पखाला, ज्वरो, श्वासप्रश्वासमा समस्या हुने लक्षणहरु देखिएका थिए । उनको परिवार आठ दिनअघि परिवार भारतबाट फर्किएको हो । यो सँगै कोरोनाले नेपालमा मृत्यु हुनेको संख्या ८ पुगेको छ । सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक र यो गरी ८ जनाको मृत्यु भएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवाको लाङटाङ क्षेत्रमा हेलिकप्टर सम्पर्कविहीन
लामाको मुख्यमन्त्री बन्ने सपना फेरि अधुरै
सुन र चाँदीको मूल्यमा गिरावट
प्रतिनिधिसभाका ज्येष्ठ सदस्य केसीले लिए शपथ
खड्काद्धारा बोलुङका स्थानियहरुलाई सहयोग





प्रतिक्रिया