सांसद लामाद्दारा नुवाकोटका १२ वट्टै स्थानिय तहलाई स्वास्थ्य सामाग्री वितरण
विदुर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य बहादुरसिंह लामा तामाङले नुवाकोटको स्थानीय तहहरुलाई स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ ।
कोरोना भाइरस सङ्क्रमण हुन नदिन अहोरत्र खटिरहेकाहरुलाई प्रोत्साहन स्वरुप स्थानीय तह मार्फत स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको हो् । जिल्ला समन्वय समिति बिदुरमा आज एक कार्यक्रम आयोजना गरि संसाद तामाङले ११ वटा स्थानीय तहलाई गरी बुट सहित १ सय ५५ थान पिपिई, ५५ थान थर्मल गन, १२ थान स्यानिटाइजर स्प्रे मेसिन, ८ सय थान (एन ९५) मास्क, १० हजार थान सर्जिकल मास्क, ५ हजार थान कपडाको मास्क, १ सय ५ लिटर स्यानिटाइजर प्रदान गर्नुभएको हो ।
सामाग्री हस्तान्तरण कार्यक्रममा सांसद लामाले देशमा हुने हरेक बिपद तथा महामारीमा सबै पक्षको सक्रिय सहभागीता रहनु आवश्यक रहेको बताउनुभएको छ । कोरोना भाइरसको जोखिमबाट बच्नलाई स्वास्थ्य सामाग्री प्रयोग गर्नु अत्यावस्यक रहेको बताउनुहुदै उहाले जिल्लामा जोखिम मोलेर काम गरिरहेकाहरुलाई स्वास्थ्य सामाग्री प्रदान गरिएको बताउनुभएको छ ।
यस्तै, स्थानीय तहमा रहेका नेपाली काङ्ग्रेस गाउँ कार्य समिति र पत्रकारहरुलाई पनि स्वास्थ्य सामाग्री प्रदान गर्नुभएको छ । जिल्ला प्रहरी कार्यालय नुवाकोटलाई एक थान बिग स्प्रे मेसिन समेत प्रदान गरिएको सांसद तामाङले बताउनुभएको छ । यस अघि नै लिखु गाउँपालिकालाई थर्मल गन, स्प्रे मेसिन र एन ९५ मास्क तथा बेलकोटगढी नगरपालिकालाई पिपिई र स्यानिटाइजर प्रदान गरिसकिएको उहाले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति नुवाकोटका प्रमुख सन्तमान तामाङ, उपप्रमुख अप्सरा थापा, बिदुर नगरपालिका प्रमुख सञ्जु पण्डित, नुवाकोटका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेल, जिल्ला प्रहरी कार्यलय नुवाकोटका प्रमुख अभिनारायण काफ्ले, लगायत विभिन्न स्थानिय तहका प्रमुख एवम् उपप्रमुखहरुको सहभागिता रहेको थियो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोट कांग्रेसमा अधिवेशनको चहलपहल : असोज १३ र १४ गते पालिका र क्षेत्रीय अधिवेशन हुने
त्रिशुली बाढी : नुवाकोटमा हालसम्म २०६ शव भेटीयाे
भारी वर्षाको जोखिम: नुवाकोटमा राति सवारी साधन सञ्चालनमा रोक
क्षणभरमै माटोमा मिल्यो जीबन, बस्ति र संरचना
पाँच प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह





प्रतिक्रिया