नुवाकोटको उर्लेनीमा पहिरोले दुई घर पुर्यो, १५ लाख बराबरको क्षति
विदुर खबर
२०७५ असार ३० गते १५:३७

उर्लेनी÷ नुवाकोटको तादी गाउपालिका वडा नं १ उर्लेनीको ढाडेमा अबिरल वर्षाको कारण पहिरो जाँदा दुई घर पुरिएको छ भने पसल परिँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यलय नुवाकोटले जनाएको छ ।
प्रहरीका अनुसार ठूलो खोला र हिमचुली खोलामा आएको बढीले गर्दा ढाडेका बिरबहादुर तामाङ र राजकुमार तामाङको घर पुरिएको छ । माथिबाट आएको पहिरोले सोही स्थानमा बस्ने श्यामबहादुर भुलेलको किराना पसल रहेको अँदाजी १५ लाख रुपैयाँ बराबर क्षति भएको नुवाकोट प्रहरी प्रमुख वसन्त कुवरले बताउनुभयो ।
पहिरोले कुनैपनि मानविय क्षति नभएको बताइएको छ । पहिरोले बिस्तापित २ घरका मानिसहरु आफन्तको घरमा गई बसेका छन । त्यस्तै सोही पहिरोले ३४ घरधुरी उच्च जोखिममा रहेको जिल्ला प्रहरी कायृलय नुवाकोटले जनाएको छ ।
सम्बन्धित
प्रतिक्रिया