तार्केश्वर गाउँपालिकाले भारतको सीमामा अलपत्र परेका नागरिक फर्कायो

विदुर खबर २०७७ जेठ १६ गते १७:३८
Gfjnk/f;L, #! j}zfvM dft[e"ld k|j]zsf] ck]Iffdf gful/s gjnk/f;L -ab{3f6–;':tf–klZrd_ k|tfkk'/–^ u'7L k|;f}gLl:yt g]kfn–ef/t ;Ldf gfsf bzuhf If]qdf dft[e"ld k|j]zsf] ck]Iffdf gful/s . lhNnfsf ljleGg gfsfdf u/L sl/a !%) hgf g]kfnL cnkq k/]sf 5g . tl:a/ M k'?iff]Qd ;'j]bL÷ /f;;

Advertisement

नुवाकोट । नुवाकोटको तार्केश्वर गाउँपालिकाले भारतको सिमामा अलपत्र परेका आफ्ना नागरिकलाई घर फर्काएको छ।

केन्द्रबाट आदेश आए लगत्तै सिमानामा अलपत्र परेका पालिका भित्रका नागरिकलाई घरसम्म ल्याइएको गाउँपालिका अध्यक्ष रमेश वस्तीले बताए। उनले पालिका भित्रका धेरै नागरिक भारत गएको उल्लेख गर्दै सिमानामा अलपत्र परेका आफ्ना नागरिकलाई घरसम्म ल्याएको बताए। ‘तार्केश्वर गाउँपालिकका प्रायः घरबाट १ जना भारत गएका हुनाले पनि नागरिकको माग सिमानाबाट आफ्ना मान्छे ल्याइदिनुपर्यो भन्ने थियो,’ उनले भने, ‘२०० सय भन्दा बढी त सिमानाबाट ल्याइसकेका छौं। अब ३०० जति हुनुपर्छ। उहाँहरुलाई पनि चाँडै ल्याउँछौं।’

Advertisement

नुवाकोटकै अन्य स्थानमा लकडाउन पालना गर्न कठिन परेको भन्ने गुनासो आइरहँदा तार्केश्वर गाउँपालिकाका अध्यक्ष वस्ती अहिलेसम्म यस्तो समस्या देखा नपरेको बताउँछन्। ‘टोलमा जनप्रतिनिधि, नेपाल प्रहरी, वडा कार्यलयदेखि सबै पक्ष सक्रिय रहेका कारण यस्तो समस्या खासै देखिएको छैन। नागरिकका समस्या कहाँ कस्तो छ भनी बुझ्न म आफैं पनि एकदमै खटिएको छु। समस्या नभएपछि किन लकडाउनको उलंघन गर्नु।’

तार्रेकेश्वर गाउँपालिकाले कृषिलाई विषेश प्रथमिकला दिने योजनाका साथ १५ केजी मल प्रत्येक घरधुरीलाई दिने तयारी भइरहेको मेयर वस्तीको भनाइ छ। ‘गाउँमा सबै बाहिरबाट आएका छन्। काम त कृषि नै हुने हो। मल, बीउ विषाधि जस्ता कुरामा पालिकाले सहयोग गरे किसानलाई जाँगर लाग्छ। फेरि यो समयमा नगरेको सहयोग कहिले गर्ने? स्थानीय सरकार चाहिने नै यही समयमा हो।’

Advertisement

प्रत्येक घरमा १५ केजी मल निशुल्क वितरण गर्ने, बीउ मल जस्ता सामाग्रीमा पालिकाले सहयोग गर्ने गाउँपालिकाले तयारी गरेको उनले बताए।

 

प्रतिक्रिया