जनप्रतिनिधिले गरे घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण

विदुर खबर २०८२ असार २८ गते १४:५३

नुवाकोट । विदुर नगरपालिका वडा नम्बर २ ले जनताहरुको सुविधाको लागि शनिवार पनि वडा कार्यालय खोलेर सामाजिक सुरक्षा भत्ता घरमा नै पुगेर वितरण गरेको छ ।

Advertisement

बैंकमा पुगेर रकम झिक्न अतिअशक्त, ज्येष्ठ नागरिक, शारीरिक अपाङ्गता, अस्वस्थ भएकालाई असहज भएपछि बैंकका कर्मचारीलाई बोलाएर घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गरेको वडाध्यक्ष दिपक कायस्थले जानकारी दिए ।

‘उहाँहरु बैंकमा आएर भत्ता लैजान सक्ने अवस्थामा हुनुहुँदैन, त्यसैले हामीले घरमै गएर भत्ता वितरण गर्न थालेका हौं,’ वडाध्यक्ष कायस्थले भने, ‘यसले उहाँहरुलाई सहज भएको छ ।’

Advertisement

अध्यक्ष कायस्थका अनुसार शारीरिक अपाङ्गता, अतिअशक्त, ज्येष्ठ नागरिकसहित झण्डै एकसय २० जनालाई शनिवार घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिएको छ । अन्य असक्तलाई पनि घरमै पुगेर सामाजिक सुरक्षाभत्ता वितरण गरिने समेत उनले बताए ।

वडा कार्यालयले चौथो त्रैमासिक अन्तर्गत ज्येष्ठ नागरिकलाई ४ हजारका दरले १२ हजार हजार वितरण गरिएको हो ।

Advertisement

विदुर–२ मा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक बट्टार शाखाले सामाजिक सुरक्षाभत्ता वितरण गर्दै आएको छ ।

प्रतिक्रिया