नुवाकोटको तादी खोलामा एक युवक मृत अवस्थामा भेटिए

विदुर खबर २०८२ असार २८ गते १८:१२

नुवाकोट । नुवाकोटको तादी गाउँपालिका वडा नम्बर ३ स्थित बाटारमा एक युवकको शव फेला परेको छ ।

Advertisement

स्थानीयले घोप्टो परेको अवस्थामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । मृतकका शरीरमा सामान्य चोटपटक देखिएको प्रहरी चौकी खरानीटारका इन्स्पेक्टर जयन्ती थापाले जानकारी दिइन ।

“शव घोप्टो परेको अवस्थामा खोलामा थियो, शरीरमा बाह्य चोटका केही संकेतहरू छन्, तर विस्तृत अनुसन्धानपछि मात्र कारण पुष्टि हुन्छ,” थापाले भनिन् ।

मृतक अज्ञात व्यक्तिको शव ।
Advertisement

उनले शवको पहिचान खुल्न नसकेको र अनुसन्धान भइरहेको जानकारी दिइन् । हाल शवलाई परीक्षण तथा पोष्टमार्टमका लागि त्रिशूली अस्पताल ल्याइएको छ ।

घटनाको प्रकृति हेर्दा शंकास्पद देखिएको प्रहरीले जनाएको छ । यद्यपि मृत्युको कारण अहिलेसम्म पुष्टि भइनसकेको र अनुसन्धान जारी रहेको प्रहरीले उल्लेख गरेको छ ।

Advertisement

प्रतिक्रिया