नेपालमा अर्काे खतराको घण्टी !

विदुर खबर २०७७ जेठ १६ गते १४:३७

एजेन्सी । कोरोनाको कहरबीच सोमबारदेखि भारतमा नयाँ आतंक मच्चिएको छ । त्यो आतंकको कारण अरु केही नभएर विनाशकारी किरा सलह पसेको हो ।

Advertisement

यतिखेर भारतको राजस्थान, गुजरात, उत्तर प्रदेश, मध्य प्रदेश हुँदै अहिले महाराष्ट्रमा समेत सलहको प्रकोप देखिएको छ ।गत सोमबारबाट आक्रमण सुरु गरेको सलहले अहिले महाराष्ट्रलाई नै केन्द्र बनाएर आक्रमण गरिरहेको भारतीय मिडियाहरूले जनाएका छन् । सलहका कारण अहिले सो क्षेत्रका कृषकहरु आक्रान्त बनिरहेको र उक्त किराको नियन्त्रणका लागि राज्य सरकार नै लागि परेको मुम्बईस्थित चर्चित अखबार हिन्दुस्तान टाइम्सले जनाएको छ । सलह नियन्त्रणका लागि विषादी छर्कन दमकलको समेत प्रयोग गरिएको समाचारमा उल्लेख छ ।

करिब २७ वर्षपछि फेरि एकपटक भारतमा सलहको आक्रमण देखिएको हो । राज्यको कृषि विभागका अनुसार सन् १९९३ मा यसै गरी सलहले भारतको महाराष्ट्रमा आक्रमण गरेको थियो । विभागका अनुसार अहिले पुनः भारतमा प्रवेश गरेको सलहको झुण्ड कम्तिमा १० किलोमिटर लम्बाई र २ किलोमिटर चौडाइ रहेको छ । प्रवेश गरेको तीन दिनमा नै सलहले करिब १२० किलोमिटरको दूरी पार गरिसकेको छ र सो क्षेत्रमा प्रभाव जमाइसकेको छ । सलहले आफूलाई झुण्ड–झुण्डमा विभाजित गर्दै पुरै देशमा नै प्रभाव जमाउने खतरा बढेको त्यहाँका सञ्चार माध्यमहरुले जनाएका छन् ।

Advertisement

हाल सलह प्रभावित क्षेत्रहरुमा खाद्यान्न बाली नभएकाले त्यति ठूलो क्षति नहुने तर फलफूल र तरकारीमा भने उच्च जोखिम रहेको सो क्षेत्रका राज्य सरकारले बताएका छन् ।‘आक्रमण सोमबार बिहान काटोल(नागपुर)बाट शुरु भयो । यद्यपी हामी मनसुनको नजिक छौँ । र यी क्षेत्रहरुमा जुन १० पछि मात्र लगाइने विरुवाहरु छन् । जसले गर्दा कृषि बालीहरुमा त्यति ठूलो क्षति हुने देखिँदैन । तर सुन्तला बगैँचा र तरकारीहरुमा भने यसको आक्रमणको खतरा छ । सलहका कारण ती बगैँचाहरुको सुन्तलाको उत्पादनमा करिब २५ प्रतिशतले घाटा हुने अनुमान गरेका छौँ ।’ नागपुर कृषि डिभिजन कार्यालयका संयोजक रविन्द्र भोसलेको भनाई उद्धृत गर्दै हिन्दुस्तान टाइम्सले भनेको छ ।

 

Advertisement

हाल नागपुरका दक्षिणी क्षेत्रका ग्रामीण कृषि फार्महरुको सयौँ हेक्टरमा लगाइएको फलफूल तथा तरकारी बन्दागोवी, चिप्ले भेण्टी, फूलगोवी (काउली) लगायतका बालीहरु सलहको खतरामा परेका छन् ।

प्रतिक्रिया