दुप्चेश्वरको सिसिपुमा असिनापानीले मकैमा ठुलो क्षति पुरायो


फोटो : दिप प्रकाश पौडेलको फेसबुकबाट ।
नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका वडा नम्बर १ सिसिपुमा हावाहुरी र वर्षासँगै परेको असिनाले करिब दुई लाख रुपैयाँभन्दा बराबरको क्षति पुर्याएको छ ।
आज विहान करिव ११ बजेतिर आएको हावाहुरी र असिनाले कृषि बालीतर्फ मकैमा ठूलो क्षति पुर्याएको घ्याङफेदीका किसानहरुले बताएका छन । किसानहरुका अनुसार अनुसार ग्रामीण तथा दुर्गम क्षेत्रमा व्यावसायिक रुपमा लगाएको भिन्डी, करेला, लौका, फर्सी, बन्दा, काउली, घिरौंला, बोडीलगायत तरकारीमा क्षति पुर्याएको हो ।

सिसिपुमा परेको असिनाको दृश्य ।
असिनाले क्षति पुराएको विषयमा जानकारी संकलन भइरहेको कृषि ज्ञान केन्द्र नुवाकोटले जानकारी दिएको छ ।
प्रतिक्रिया