कोरोनाको कारण रसुवामा उत्पादित चिजले बजार पाएन
रसुवा । रसुवाको लाङटाङ चीज उत्पादन केन्द्रले गत उत्पादन गरेको चीजमध्ये ५४ प्रतिशत चीज अझै बिक्री भएको छैन ।
विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) को कारण पर्यटन व्यवसाय बन्द भएपछि उत्पादन भएको चीज बिक्री हुन नसकेको हो । केन्द्रका अनुसार गत वर्ष ५ हजार केजी चीज उत्पादन भएकोमा २ हजार ७ केजी चीज बिक्री भएको छैन ।
जिल्लामा सञ्चालनमा रहेका अन्य केन्द्रमा उत्पादन भएको चीज दुग्ध विकास संस्थानमा लैजाने गरिएको भएपनि यो केन्द्रमा उत्पादन भएको चीज स्थानीय स्तरमा नै खपत हुन्थ्यो । पर्यटन व्यवसाय बन्द नभएको भए चैत अगाडि नै चीज बिक्री भइसक्ने केन्द्र प्रमुख ग्याल्बो तामाङले बताउनुभयो । केन्द्रले यसअघि बैशाख १ गतेबाट दुध संकलन गर्दै आएकोमा यो वर्ष लकडाउनका कारण अझै सुरु गर्न सकेको छैन । उहाँका अनुसार जेठ १५ गतेबाट उत्पादन केन्द्रले दुध संकलन तथा चीज उत्पादनको काम सुरु गर्ने छ । केन्द्र सञ्चालनमा नआउँदा कृषकले दुध बिक्री गर्न पाएका छैनन् ।
जिल्लामा अहिले दुग्ध विकास संस्थानअन्तर्गत ६ वटा केन्द्र सञ्चालन भइरहेका छन् २०७५ सालदेखि थुमन र तातोपानी थप भएका हुन् । २०७५ साल अघि सञ्चालनमा रहेका चारवटा केन्द्रले ३९ हजार ६ सय ८० किलो याक चीज र १२ हजार ४ सय किलो मखन उत्पादन गरेका थिए । दुग्ध विकास संस्थानद्वारा सञ्चालित केन्द्रमा उत्पादन भएको चीज तथा मखन केही मात्रामा स्थानीय बजारमा खपत हुने र बाँकी संस्थानमा नै लैजाने गरिएको छ । जिल्लाको चारवटा केन्द्रमा वार्षिक ३६ हजार केजी चीज उत्पादन गर्ने क्षमता रहेको छ ।
गत्लाङ, धुन्चे र चन्दनबारीको केन्द्रमा वार्षिक १० हजार किलो र लाङटाङमा ६ हजार किलो चिज उत्पादन गर्ने क्षमता रहेको छ । जिल्लामा वैशाखदेखि असोज मसान्तसम्म चीज उत्पादन हुने गरेको छ । जिल्लामा सञ्चालनमा रहेका चीज उत्पादन केन्द्रहरूले जेठ १५ गतेदेखि केन्द्र सञ्चालन गर्ने तयारी गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














नुवाकोटका डा. विकास नेपाल वीर अस्पतालको निर्देशकमा नियुक्त
आजको मौसमः पश्चिम क्षेत्रतर्फ मध्यम तथा भारी बर्षा हुने
धादिङको गजुरीमा सुक्खा पहिरो, राजमार्ग अवरुद्ध
बागमतीका मुख्यमन्त्री बानियाँले आज विश्वासको मत लिँदै
पूर्वनगरप्रमुख खनालको निधनमा बेलकोटगढीमा साेमवार शोक बिदा





प्रतिक्रिया