नुवाकोटमा अर्काे जिल्लाबाट कुखुराको चल्ला ल्याउन प्रतिवन्ध
विदुर खबर
२०७७ जेठ ८ गते १३:५५

नुवाकोट । कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि विपद् व्यवस्थापन समितिले नुवाकोटमा अर्काे जिल्लाबाट कुखुराको चल्ला ल्याउन प्रतिवन्ध लगाएको छ ।
कोरोना भाइरस भएको स्थानबाट चल्ला ल्याउँदा संक्रमणको डर भएकोले अर्काे सुचनाा जारी नभएसम्मको लागि चल्ला ल्याउन प्रतिवन्ध लगाइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
कोभिड–१९ रोकथाम तथा नियन्त्रण सम्बन्धि विपद् व्यवस्थापन समितिले नुवाकोटमा अर्काे जिल्लाबाट कुखुराको चल्ला ल्याउन नपाइने निर्णय गरेपछि जिल्लामा कुखुराको चल्ला ल्याउन प्रहरीले प्रतिवन्ध नुवाकोटका प्रहरी प्रमुख अभिनारायण काफ्लेले बताए ।
सम्बन्धित
प्रतिक्रिया