त्रिशुली अस्पतालमा आरडीटी जाँच गर्दा ८ जनामा कोरोना पोजेटिभ देखियो

विदुर खबर २०७७ जेठ ६ गते १७:२१

विदुर । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ९ कोेलनीमा रहेको त्रिशुली अस्पतालमा कार्यरत कर्मचारीहरुको ¥यापिड डाइग्नोष्टिक (आरडीटी) टेष्ट गर्दा ८ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

Advertisement

जिल्ला अस्पताल नुवाकोटका अनुसार एकसय ६८ जनाको आरडीटी टेष्ट गर्दा ८ जनामा संकास्पद नतिजा देखिएको हो । आरडीटी टेष्ट पोजेटिभ देखिएका ८ जनामध्ये एक जना त्रिशुली अस्पतालको आइसोलेसन वार्डमा रहेका विरामी र वाँकी अस्पतालका कर्मचारी रहेको त्रिशुली अस्पताल नुवाकोटका फोकल पर्सन डा. अमितकुमार श्रेष्ठले विदुर खबरलाई जानकारी दिए ।

उनीहरुको स्वाब संकलन गरी काठमाण्डौ पठाउने तयारी भइरहेको जिल्ला अस्पताल त्रिशुलीले जानकारी दिएको छ । आरडीटीमा पोजेटिभ देखिएपनि प्रयोगशालामा नेगेटिभ देखिन सक्ने चिकित्सहरुले बताएका छन । नमुना संकलन गरिएकाहरुको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।

Advertisement

नमुना संकलन गरिएका १५ जनाको स्वाब संकलनका लागि राष्ट्रिय प्रयोगशाला टेक लगिएको छ ।

 

Advertisement

        यस्तो छ त्रिशुली अस्पतालको विज्ञप्ती ।

 

 

प्रतिक्रिया