Breaking News : नेपालमा पहिलोपटक कोरोनाबाट एक महिलाको मृत्यु

विदुर खबर २०७७ जेठ ३ गते २१:०४

नुवाकोट । नेपालमा पहिलोपटक कोरोनाबाट एक महिलाको मृत्यु भएको छ ।

Advertisement

उनको कोरोनाबाट मृत्यु भएको प्रदेश नम्बर ३ का सामाजिक विकास मन्त्रि युवराज दुलालले सामाजिक संजाल फेसबुकबाट पुष्टि गरेका छन ।

धुलिखेल अस्पतालमा मृत्यु भएको बाह्रविसे नगरपालिका-९ राम्चेको सुत्केरी महिलामा कोरोना पोजेटिभ देखिएकोमा संक्रमीत महिलाको मृत्यु पनि कोरोनाबाट भएको चिकित्सकीय अनुसन्धानको निष्कर्ष आएको छ । यो नतिजाप्रति दुखित छु । सम्बन्धित स्थानहरु जिल्ला कोरोना क्राइसिस मेनेजमेन्टको तर्फबाट शिल गरिएको छ । सम्बंधित ठाउँमा भोली बिज्ञ प्राविधिक टोलीले कन्ट्याक ट्रेसिङ गरी आवश्यक सबैको पिसिआर परिक्षण गरिनेछ । धैर्यता र सहयोगको लागि सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछु । मृतकप्रति हार्दिक श्रद्धान्जली र बिरामी नाबालकको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु  । मन्त्रि युवराज दुलालले फेसकुबमा लेखेका छन ।

Advertisement

यस्तो छ स्वास्थ्य मन्त्रालयको विज्ञप्ती ।

Advertisement

प्रतिक्रिया