नुवाकोटमा भोलिदेखि सवै सवारी पास रद्द हुने
विदुर खबर
२०७७ जेठ २ गते १४:१८

नुवाकोट । नुवाकोटमा भोलिदेखि लागु हुने गरी सबै पास रद्द हुने भएको छ ।
जिल्ला प्रशासन कार्यालय नुवाकोटले आज एक सुचना जारी गर्दे भोलि शनिवारदेखि लागुहुने गरि सबै किसिमको पास रद्द गर्ने निर्णय गरेको हो । सहायक प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैरेले लकडाउनका समयमा प्रशासन कार्यालयबाट जारी गरिएका सबै पास रद्द भएको जानकारी दिए ।
त्यस्तै अव उपरान्त पास वितरण गर्न परे अत्यावश्यक वाहेक अन्यलाई पास वितरण नगरिने बताइएको छ । जिल्ला प्रशासन कार्यालय नुवाकोटले वितरण गरेको पास दुरुपयोग भएपछि सबै पास रद्द गरिएको बताइएको छ ।
यस्तो छ नुवाकोट प्रशासनको सुचना ।
Advertisement
सम्बन्धित
प्रतिक्रिया