गंगटेमा खाद्यान्न बोकेको गाडीमा रक्सी भेटियो, गाडी प्रहरीको नियन्त्रणमा

विदुर खबर २०७७ जेठ २ गते १३:५६

गंगटे । नुवाकोटको विदुर नगरपालिका वडा नम्बर ५ गंगटेबाट प्रहरीले खाद्यान्न बोकको गाडीबाट ठुलो मात्रामा रक्सी बरामद गरेको छ ।

Advertisement

अगाडी खाध्यान्न लेखिएको बोलेरो गाडीबाट ५२ बाकस मदिरा भेटिएको जिलला प्रहरी कार्यालय नुवाकोटका प्रमुख अभिनारायण काफ्लेले जानकारी दिए । ढुङ्गेबाट लिखु गाउँपालिकाका ढिकुरे र थानसिङ लैजान लागिएको अवस्थामा गंगटे बजारमा चेबजाँचमा खटिएका प्रहरीले सो रक्सी बरामद गरेको उहाँले बताउनुभयो । सो मदिरा ढिकुरेका व्यापारी अच्युत थापामगर र थानसिङका व्यापारी दिनेश पौडेलको पसलामा लैजान लागिएको बुझिएको छ ।

अत्याआवश्यक सामान ढुवानी भनेर लेखिएको सो गाडीमा मदिरा देखेपछि सबै चकित परेका छन । लकडाउनको समयमा मदिरन ओसारपसारमा प्रतिवन्ध लगाइपनि व्यवसायीहरुले लुकिछिपी मदिरा ओसारीरहेको अवस्थामा यसरी जिल्लामा रङ्गेहात पक्राउ गरिएको पहिलो पटक हो । बरामद गरिएको रक्सी र गाडीलाई जिल्ला प्रहरी कार्यालय नुवाकोटमा राखिएको छ । उनीहरुलाई संक्रमण ऐन अनुसार कारवाही हुने बताइएको छ । वरामद गरिएको रक्सी करिव २ लाख रुपैयाँभन्दा बढी मुल्य रहेको बताइएको छ ।

Advertisement

अत्याआवश्यक गाडीमा रक्सी भेटिएपछि नुवाकोट प्रहरी प्रमुख अविनारायण काफ्लेले मातहतमा रहेका सबै प्रहरीहरुलाई कडा निर्देशन दिँदै अत्याआवश्यक सबै गाडीहरु राम्रोसँग चेकजाँच गर्न निर्देशन दिएका छन । चेकजाँचमा खटिनुभएका सबै टोली सर्तक रहनुस, सबै अत्याआवश्यक गाडीहरु चेकजाँच गर्नुस, काम कर्तव्य प्रभावकारी रुपमा नभएमा अन्यथा तपाईहरु पनि कारवाहीको दायरामा आउनुपर्ला प्रहरी प्रमुख काफ्लेले भने ।

प्रतिक्रिया