काठमाडौं र भक्तपुरमा पनि भेटिए कोरोना संक्रमित

विदुर खबर २०७७ वैशाख ३१ गते ८:११

नुवाकोट । मंगलबार काठमाडौंमा एक र भक्तपुरका दुई जनामा कोरोना संक्रमण देखिएको छ ।

Advertisement

भक्तपुरमा २५ वर्षीया महिला र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। त्यस्तै गरी काठमाडौंकी ३३ वर्षीया महिलालाई पनि कोरोना देखिएको छ। उनीहरु सहित मंगलबार राती थप २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २१७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका सह-प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार पर्सामा मात्रै १८ जना संक्रमित भेटिएका छन्। जसमा ६ जना पुरुष रहेका छन् भने १२ जना महिला रहेका छन्। अधिकारीका अनुसार त्यसैगरि महोत्तरीमा १६ र ३५ वर्षीय दुईजना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी धनुषामा २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको छ। अर्कातिर प्रदेश २ कै सर्लाहीमा ४५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको अधिकारीले बताए।

Advertisement

यसअघि आज नै नेपालमा एकै दिन ५७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको थियो । थपिएका संक्रमितमध्ये ३९ जना पर्साका छन् । यस्तै रुपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा। समीरकुमार अधिकारीले जानकारी दिए ।

Advertisement

प्रतिक्रिया