देश, विदेश नहोस्

विदुर खबर २०७७ वैशाख २९ गते १७:४१
सुजन राउत

                                                                            सुजन राउत

कोरोना भाइरसले यसबेला विश्व साम्य भएको छ । विभिन्न देशहरूले सङ्क्रमण रोक्नका लागि विभिन्न कदम चालेका छन् । नेपालमा पनि यसको सङ्क्रमण बढ्दै गइरहेको छ । मानिसहरू घर भित्रै बस्न बाध्य छन् ।

नेपालले लकडाउनको अवस्था झेलिरहेको अवस्थामा भारतले दार्चुलास्थित कालापानीमा सडक उत्घाटन गरेको कुराले नेपालीहरूलाई क्रोधित सँगसँगै मुटुको टुक्रा चर्किएको जस्तै बनाएको छ । नेपाल एक सार्वभौम मुलुक हो तर कुनै पनि कुराले नेपाल सार्वभौम देश तुलिएको छैन । नेपालले कयौँ वर्षदेखि नै भारतले गरिरहेको हस्तक्षेप झेल्दै आइरहेको छ । नेपालले पटकपटक विज्ञप्ती जारी गरेता पनि काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ भनेझै भारतले कुनै चासो दिएको छैन । हामी नेपाली अब यसरी चुपचाप बसिरह्यौ भने भोली सिक्किमको जस्तै हाल हुनेछ । भारतले यस्तो कदम चाल्नुले नेपाल सरकार कतिसम्म कायर छ भनेर दर्साउँछ ।
यस्तो अवस्थामा पनि नेताहरू भने अहिले पार्टी फुटाउनमा लागि परेका छन् । देशको चिन्ता हुनुपर्ने ठाँउमा नेताहरू भने कुर्चीकै चिन्तामा परेका छन्, म्युजिकल चेयर खेलेको जस्तो ! राष्ट्रभक्ति नेपालीहरू देशको लागि आफ्नो ज्यान दिन तयार छन् तर त्यी कुर्चीमा बसेका केही भ्रष्ट र आफ्नो मात्र पेट भर्न खोज्ने नेताहरू ध्यान पनि दिँदैनन् र दिन पनि चहादैँनन् । हाम्रा वीर पुर्खाहरूले आफ्नो छातीमा तात्तातो गोली खाई बचाएको भूमी नेपालले त्यतिकै कसरी अरूलाई दिन सक्छ ! नेपाल आमा आज रोइरहेकी छन् । नेपाल आमाका विभिन्न अङ्ग काटिँदै छ ।
अब हामी यसरी कहिलेसम्म मौन हुने ? आखिर कहिले सम्म ?
Advertisement

प्रतिक्रिया