कपिलवस्तुको १० जनामा कोरोना देखियो
विदुर खबर
२०७७ वैशाख २९ गते १०:१३
नुवाकोट । नेपालमा आज पुन दश जनामा कोरोना संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले कपितवस्तुकाे यशोधरा गाउँपालिका-५ र बुद्धभूमि नगरपालिका-७ र वडा नम्बर १० निवासी दश जनामा सङ्क्रमण देखिएको जानकारी दिनुभयो । उनीहरू सबै १८, १९, २०, २०, २४, ३०, ३१, ३४, ३४ वर्षका र एक जनाकाे उमेर पहिचान हुन नसकेका पुरुष रहेका छन्।
उहाँका अनुसार उनीहरूकाे राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला, काठमाडाैँको प्रयोगशालामा परीक्षणका क्रममा सङ्क्रमण देखिएको हो । योसँगै नेपालमा १२० जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । ती सङ्क्रमितको अवस्था सामान्य र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेको उहाँले जानकारी दिनुभयो ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













ओली बाहेक एमालेका सबै नेता हाम्रोमा आउँछन्ः
एक करोड रुपैयाँ संकलन गर्दै महायज्ञ सम्पन्न
वामदेव गौतम नेतृत्वको पार्टी खारेज
न्युजिल्याण्ड पठाइदिन्छु भनी ठगी गर्ने युवक पक्राउ
बागमती प्रदेशको आर्थिक वृद्धिमा उच्च सुधार 





प्रतिक्रिया